काठमाडौं ,जेष्ठ १९
पानीले बगाएर ल्याएको ग्यास सिलिन्डर समाउन जाँदा काभ्रेको पुण्यमाता खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बनेपा नयाँ बस्तीका ५२ वर्षका मोहन बहादुर थापा रहेका छन् ।
बाढीले बगाएर ल्याएको ग्यासको सिलिन्डर समाउन जाँदा भेलले बगाउँदा थापाको ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ ।
बनेपाको थापा गाउँमा रहेको सूर्य ग्यास र चण्डी ग्यासको कारखाना पुण्यमाता खोलाले पर्खाल भत्काएर बगाएको थियो । सोही बगाएको ग्यास समाउन गएका थापाको मृत्यु भएको हो । उनको शव बुधबार बिहान उग्रतारा जंगलमा भेटिएको हो ।
टुकुचा नाला–८ का जितबहादुर सार्की पनि हिजो बेलुकादेखि हराइरहेको जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline