गलत गरे अाफ्नाेलाई पनि नछाेड् ,साथ हामी दिनेछाै

गलत गरे अाफ्नाेलाई पनि नछाेड् ,साथ हामी दिनेछाै

  • मङ्लबार, जेष्ठ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 40.1K
    SHARES

प्रिय कमरेडहरु तथा शुभचिन्तक मित्रहरू ,

मैले किन अाकस्मिक रुपमा राजिनामा गरे भन्नेकुरा पाटीका कमरेडहरु र शुभचिन्तकहरुलाई जिज्ञासा हुनु स्वभाविक नै हाे । कमरेडहरु म पाटीले लिएकाे पछिल्लो निर्णय प्रति म धेरै नै असन्तुष्ट थिए तर पनि अाङ कनाएर छाराे उडाउनु राम्रो हाेईन् भनेर पनि अाफ्नाे असन्तुष्टिलाई थाती राख्दै पाटीकाे पक्षमा नै अाेकालत गरि नै राखे । १) अध्यक्ष कमरेड प्रचण्डलाई प्रधानमन्त्री बनेर जाने भनेर स्थायी समितिकाे निर्णय प्रति ! २)बादल लगायत १०अाेटा सानासाना माअाेवादीहरु सँग एकता प्रश्चात ६९९ केन्द्रीय महाधिवेशन अायाेजक समितिकाे नाम दिदै केन्द्रीय समिति सदस्य बनाउने निर्णय प्रति ! ३) ६९९काे केन्द्रीय कमिटी बनाउदा बरियादा क्रमकाे विवाद अाउदा जनवर्गीय संगठन र भात्री संगठनका युवा नेताहरुले पालुङटारमा जे हैसियत थियाे त्यसैलाई तत्काल मानेर जानुपर्छ र महाधिवेशन छिटै गरेर त्यहीबाट अाफ्नाे हैसियत ठाेस गरेर जानु पर्छ भनेर दबाब सिर्जना गरेकाे २ घण्टा पुग्दा नपुग्दै,क्षेत्र र जिल्लाबाट नाम नै प्रस्ताव नभएका हरुलाई केन्द्रीय सदस्य बनाए लगत्तै, बिराेध बन्द भएकाे देखेर । ४) पछिल्लो चरण गाेपाल किराती कमरेडकाे गतिविधि देख्दा र पाटीले किरातीकाे बिरुद्ध कुनै कदम नचालेकाले ..!

कमरेडहरु तथा मित्रहरू , हामीहरु २१अाै शताब्दीका परिवर्तनकारी माअाेवादी युवाहरु कसैको दास पनि हाेईनाै कि अब नेताहरु मन लाग्दाे भाषण गर्छन् हामी चाँही थपडी मारेर बस्छौं ! कमसेकम हाम्रो महान जनयुद्धले हामी हाेस् वा नेपाली जनताकाे चेतनामा बिकास गरेकाे छ र सहिलाई सहि ,गलतलाई गलत भन्ने स्वतन्त्रता दिएकाे छ ! के काङ्ग्रेसले अध्यक्ष कमरेड प्रचण्डलाई प्रधानमन्त्री बन्नुहाेस् भनेर राखेकाे प्रस्ताव नियाेजित रुपमा फसाउन खाेजेकाे हाे भन्नेकुराकाे अलिकति पनि हेक्का थिएन र स्थायी समितिका सदस्य भनाउदाहरुलाई ?के बादल,मातृका,तिलक परियार कमरेडहरुलाई थाहा थिएन र काे काे पुराना छ कसकसलाई केन्द्रीय समितिमा लानुपर्छ र कसकसलाई लादा बिबाद निस्कन्छ भन्ने कुराकाे ज्ञान थिएन र ? दुई घण्टा अगाडि बुरुकबुरुक उफ्रने युवा नेताहरु दुई घण्टा पछि केन्द्रीय सदस्य बन्दा माैन बस्नुकाे कारण के थियाे ? स्थायी समितिकाे निर्णय अगावै प्रचण्ड प्रधानमन्त्री बनेर जानुपर्छ भनेर अन्तवार्ता दिनु ,पाटीले कार्वाही गरेपनि संघिय समाजवादी पाटीलाई दिएको समर्थन फिर्ता लिन्न भन्नु ,एकता पश्चात् बादल अध्यक्ष बन्नुपर्छ भन्नु र नारायणकाजी अवशरवादी हाे यसले भाग मात्र खाेज्छ यसलाई घाेगराएर निकाले मात्र पाटी राम्रो बन्छ भन्नुकाे अर्थ के ? के यहि हाे स्थायी समिति सदस्यकाे अनुसासन ? के नियम कार्यकर्तालाई मात्र लाग्छ ? के नारायणकाजी पछि एकता बाट अाएकाे भएर अवशरबादी हाे त ? काे छ यहाँ भाग नखाेज्नेबाला देखाउ ? के युद्ध लडेका मात्रले केन्द्रीय सदस्य ,सभासद,मन्त्री र प्रधानमन्त्री पाउने हाे ? किन नारायणकाजी सँग एकता गर्याै तनि पहिले ? हामीले पनि देख्यौं युद्ध लडेर अाएकाहरुका ताल ,अाफ्नाे स्वास्नीलाई सभामुख बनाउन अध्यक्षलाई राेल्पा,रुकुमकाे धम्की दिने ,अाफु गृहमन्त्री बन्न नपाएकाेले एउटा निहु बनाएर अलिकति पनि ठाउँ नराखीकन उसैकाे कार्यकक्षमा तथानाम गाली गर्ने र गृहमन्त्रीलाई फिर्ता बाेलाएर अाफु जानकाे लागि अध्यक्षलाई दबाब दिएकाे पनि देखियो ! बरु याद रहाेस् अध्यक्षलाई अहिले तपाई प्रधानमन्त्री बनेर जानुहुदैन याे षड्यन्त्र हाे भनेर राेक्ने नै नारायणकाजी हुन ! अाज बादल ,मातृका ,तिलक परियार र अरुहरु समुहबाट अाएका कमरेडहरुलाई तिमी हिजाेका भगाैडा हाेईनाै ,भाग खाेज्न एकता गरेका हाेईनाै भन्ने भाेली ? मिल्छ त त्याे भन्न ? कति नियाेचित हाेला यि शब्दहरु ! हाे म पनि युद्धबाट अाएकाे हु,तर मेराे नैतिकताले दिदैन त्यसाे भन्न ,सबैकाे अात्मसम्मान हुन्छ ! अाफुलाई सम्मान चाहिन्छ भने अरुलाई पनि सम्मान गर्न सिक्नुपर्छ ! किन किराती जस्ताे किटाणुलाई कार्वाही गर्दैन पाटीले ? किरातीलाई कार्वाही गरे १० जिल्ला ठप्प हुन्छ भनेर साेचेका हुन त पाटीले ? रामचन्द्र झा अाउदा पुरै तराई जितिन्छ भनेर समिक्षा गरेका हाम्रा नेतृत्वहरुले महाेत्तरी,सर्लाही र सिराहामा १,१ गरेर तिन सिट न जितेका हाैउ , के लछारपाटाे लाएका थिए र रामचन्द्रेले ? तुरुन्तै किरातीलाई कार्वाही गरियाेस् नत्र नवगठित ६९९ केन्द्रीय सदस्यमा १०० घट्ने खतरा देख्दैछु र छिट्टै महाधिवेशन गरियाेस् !

मेराे राजिनामा प्रश्चात केहीले मलाई अवशरबादी रे ,केहीले मलाई पदकाे लागि बार्गेनिङ गरेको रे ,केहीले मलाई अात्मसमर्पनबादी रे ,कसैले त अब हाम्रो पाटीमा प्रवेश हुदैछ भन्ने सम्मकाे प्रचार समेत गरिसके ! मेरा अादर्णिय मित्रहरू मेरा बारेमा याे सब भन्ने अधिकार कि मलाई युद्धकालमा कमाण्ड गर्ने कमान्डरलाई छ कि शान्तिकालमा मलाई नेतृत्व गरेका नेताहरुलाई छ ! किन मेराे चरित्र हत्या गर्न खाेजिन्छ ..के म स्वतन्त्र भएर बस्ने अधिकार मलाई छैन् ? मैले देखेकाेछु बिदेशकाे पिडा साउदी अरबकाे ५२ दिनकाे बसाईमा ! मैले रात कटाएकाे छु साउदी अरबकाे जेलमा ! नेपाल फर्किने क्रममा अाबुधबी ट्रान्जेटमा अर्को जहाजकाे समय कुरेर बस्दा साउदी बाट फर्केकी झापा घर भएकी २८ बर्षिय शान्ति बि.कले पाएकाे यातना र पाश्विक बलत्कारकाे काहानी ! शान्तिकाे पेटमा छ महिनाकाे बच्चा भईसकेकाे थियाे ! त्रिभुवन बिमान स्थल अाईपुगे पछि अाफ्नाे झाेला लिन जादा दुई वटा बाक्समा ल्याएकाे लाख देखेकाे छु ! कति सपना थिए हाेलान यिनका ,यिनका पनि त परिवार थिए ! माअाेवादी नेताहरु भाषण गर्न खुल्लामञ्च हाेईन खाडीमा अाँउ ! वैदेशिक राेजगारका लागि खाँडी अाएका युवाहरुकाे तथ्यांक निकाल्ने हाे भने ८०% काे संख्यामा छन् माअाेवादी युवाहरु ! प्रचण्डले भनेकाे ठुलाे पाटी ,बाबुरामकाे पुजीवादी क्रन्ति ,विप्लवकाे एकिकृत जनवादी क्रन्ति कठै ,! कार्यकर्ता जति खाडीमा छन् कहाँबाट बन्छ ठुलाे पाटी ! बन्न त बन्ला तर दिर्घकालिन काम गर्न सक्ने बन्दैन प्रचण्ड कामरेड ,,अनुभव त छ नि हजुरलाई पहिलो संविधानसभाकाे निर्वाचनमा २३८ सिट ,दाेश्राेमा अाउदा ८० सिट घटनाक्रमबाट पाठ सिक्ने गर्नुहाेस् कामरेड ? विप्लव कामरेड त अझै क्रन्तिकाे नाम गरेर युवाहरुकाे रगत सँग हाेली खेलेर भर्याङ बनाउने दाँउमा छन् …! कठै बरा विप्लव दाजु के काे लागि लडाइँ ? काे सँग लड्ने ? के जनताले साथ दिन्छन् त ? नेताज्यु जनताले क्रन्ति खाेजेका छन् कि शान्ति त्यसलाई मध्यनजर गर्ने गर्नुस् ! मिसाईलकाे जमानामा खुडा देखाएर तर्साउने जमाना गए ! बाबुराम जिकाे त के कुरा त के भन्नु हाम्रो घर भत्किएको घर रे , हामी गनायाै उहाँलाई करिश्मा जस्तो उहाँकाे सहयाेद्दा रे । कठै,तिमी जस्तोलाई हिजाे नेता मान्ने मान्छे हामी कार्यकर्ता र जनता नै भेडा ! प्रचण्ड ,विप्लव ,किरण एकचाेटी खाडीकाे जेलमा हेर नेपाली सपना कसरी तुहिएकाे छ भनेर ,त्रिभुवन बिमान स्थल गएर सात दिन सरासर खाडीबाट अाएकाे बाक्स हेर र तथ्यांक निकाल्नुस् नेताज्यु ,,हेर्छु तिम्रो मन रुन्छ कि रुदैन् ! अाज किन खाडीमा भएका माअाेवादी युवाहरुले अाफुलाई माअाेवादी हाे भन्न रुचाउदैनन् हेक्का छ तपाईहरुलाई ? हिजाे अान्दोलनमा लागे पढ्न पाएनन् ,जनवादी बिवाहा गरे ,तर के गर्नु समाज रुपान्तरणकाे क्रममा छ सबैकाे घरपरिवारले अन्तरजातिय बिबाह रुचाउँछन् त ? कसैकाे त घर छैन् ,जग्गा जमिन छैन ,,के खाँउन ? कहाँ बँसुन ? लालाबाला भए कसरी पढाउछन् ?बिकल्प खाडी राेज्नु पर्ने ! युद्धकाे बेला पनि घरपरिवारबाट टाढा भए ,अहिले पनि परिवारबाट टाढा हुनुपरेर्काे बितृण्ना हाे याे ! अाफुअाफु लड्ने सजाय कार्यकर्तालाई ! मेराे सपना १ बर्षमा सम्भव हुदैन् ,तर हामी १० बर्षमा त सफल तुल्याउन सक्छौ ,,खाडीमा कुनै नेपाली युवा जान नपराेस् ,अाफ्नाे देशमा राेजगार पाअाेस् अबकाे बाकी जिवन त परिवार सँगै बाँच्न पाअाेस् तर के गर्नु अाज रातारात मान्छे किनिन्छ यहाँ अबसाेस ! प्रचण्डलाई केही गरेर पनि हल्लाउन नसकेपछि ,,छाेरा प्रकाशकाे बहुबिबाह र रेणुलाई बढुवा गर्याे भन्ने कुरामा मात्र ! के यिनीले गल्ती गरे माफी नपाउने ,के यिनले अाफ्नाे क्षमता ,लगानी र याेग्यता अनुसार अगाडि बढन् नपाउने ..? ल भन्नुस् माअाेवादी नेताहरु युद्धकालकाे बेला तिम्रा छाेराछाेरीहरु कता थिए …? प्रकाश र रेणुलाई हेर्छन् यता २२,२३ दिने दाजुभाइ भनाउदाहरु लुटिराखेकाे छ यिनकाे बिराेध गर्दैनन् ! किनकि यि सब यिनका रबैया न हुन ..! माअाेवादी नेताज्युहरु केन्द्रीय कमिटी सानाे र छरिटाे बनाउनुस् अनि जनवादी क्रन्तिका बाँकी कार्यबहार पुरा गर्ने स्पिटका साथ समृद्ध नेपाल बनाउन अध्यक्ष कमरेडकाे नेतृत्व अपहार्य छ …पदाधिकारीकारी ,स्थायी समिति ,पाेलिटबियुराे ,केन्द्रीय कमिटी मै बिराेध ,अाक्राेश पाेख्याै ,बाहिर छताछुल्ल हुनेगरि हाेईन् । बरु ५ दिन लाग्ने बैठक १० दिन लागाेस् तर बाेल्ड निर्णय गरियाेस् पछि हट्न नपराेस् .र पारिवारिक कुरालाई राजनितीक ईसु नबनाईयाेस् …!

हिजाे २४० काे केन्द्र भद्दा भयाे भनेर घटाउने अाज ६९९ पुर्याउने ! नेताज्यु भुईकाे टिप्न खाेज्दा पाेल्टाकाे पाेखिएला ! नेताज्यु तपाईले बनाउनु भएकाे ६९९ केन्द्रीय सदस्यलाई सम्पत्ति बिबरण सहित पाटीकरण गर्न लगाउनुस् त ! मान्छन् यिनले ? बरु पाटी फुटाउन्छु भनेर भम्की दिन्छन् ! हाम्रो महरा कामरेड र अन्नत कामरेडले अध्यक्ष भन्दा सचिव सिनियर देख्नुभएछ धादिङमा सचिवलाई केन्द्रीयसदस्य बनाउनु भयाे ! के यहि हाे सहि मुल्यांकन ? कामरेडहरु याे एकता हाेकि खिचडी ? के याे पाटीबाट अलग भएकाभाईहरुलाई एकताकाे सुत्रमा ल्याउन सफल हुन्छन् त याे टिम ? यहि पारा देख्दा बिस्वास लाग्दैन मलाई ! बरु महाधिवेशन ढिलाे भए भएका पनि जान्छन् ! हाे मेराे यहीँ निर छ असन्तुष्टि ? जुन पाटीमा युवा बिकाउ हुन्छ ,नेताकाे पुच्छर हुन्छ त्याे पाटी जनताकाे पाटी बन्न सक्दैन् ! बिकाउ नबन तिमीहरु,पाटी जिवित रहे सभासद,मन्त्री ,राजदुत ,प्रधानमन्त्री तिमीहरु नै बन्छाै तर सय जना मान्छे जम्मा गरेर ठुलठुला भाषण लगाएर नेता बन्छु भनेर साेचेकाछाै भने याे तिम्रो भ्रम हाे ,त्यसैले सचेत बन !

गलत गरे अाफ्नाेलाई पनि नछाेड् ,खबरदारी सहित अावाज बुलन्द गर साथ हामी दिनेछाै ! मैले किन राजिनामा फिर्ता लिनलागे बारे ;; कमरेडहरु तथा शुभचिन्तकहरु ,म पाटीले लिएकाे पछिल्लो चरणकाे निर्णय र युवा नेताहरुकाे ढुलमुले प्रवृत्तिले गर्दा अाक्राेशमा अाए,युवानेता कमरेडहरुले राजिनामा नदिनुस् भनेर अाग्रह गर्दागर्दै पनि मईले अाक्राेशमा अाएर राजिनामा दिए ! अाज म माअाेवादी अान्दोलनमा लागेकाे १६ बर्ष भयाे नियमित पाटी मै छु र प्रवासमा भएपनि पाटी सम्पर्क मै छु ,न अहिले सम्म बेईमान र गद्दारी गरेकाे छु, न एक दिन पनि पाटीले मलाई कार्वाही गरेकाे छ न कसैकाे बेईमानीकाे पैसाले एक कप चिया पिएकाे छु ,कसै सँग प्रमाण छ भने ल्याउनुहाेस् म सुलि चढन तयार छु ..! साच्चै म त्यो दिन यति तनाव र अाक्राेशमा थिए र साेचे मैले देखेकाे सपना नै याे पाटीले पुरा गर्दैन भने म याे पाटीमा बसेर के काम ,,अाखिरी हिजाेकाे राजसत्ताले ताेकेकाे एउटा अातंककारी त म पनि हु र मैले के जबाफ दिने ति शहिद परिवारलाई कि तिम्रो छाेराछाेरी गतल बाटाेमा लागेर ज्यान फ्याले भन्ने ,,मात्र यि कुरा याद अायाे त्यसपछि म अाफुलाई थाम्न सकिन र पाटी बाट राजिनामा दिए ! म प्रति साथिहरुकाे माँया ,प्रेम ,सदभाव ,र राजिनामा दिएर हाेईन् अन्यायकाे बिरुद्ध पाटी मै बसेर लड्नुपर्छ खबरदारी गर्नुपर्छ राजिनामा फिर्ता लिनुस् अाग्रह गरिराख्नुभयाे ..! हिजाे एक्कासि मेरा युद्धका कमाण्ड ,मलाई क्रन्तिकाे कखरा सिकाउने दाई उहाँ घाइते पनि हुनुन्छ ,,उहाँकाे एउटा अाँखा चितवनकाे पर्सामा एरिया एम्बुस् गर्दा गुमाउनु भयाे ! उहाँ मेराे अग्रज दाईले मलाई प्रश्न सहितकाे म्यासेज गर्नुभयाे ,के नेकपा माअाेवादी केन्द्रले याेगदानकाे मुल्यांकन गरेन हाे ? म अचम्ममा परे दाईले पनि मैले गरेकाे राजिनामालाई गलत अर्थमा बुझनु भएछ भने ,अरुले मलाई कसरी बुझने ,किनकी दाईसँग नजिक म मेराे उमेर दस बर्षकाे हुदा देखिनै हाे ! मलाई एक मनले सार्है खल्लाे लाग्याे एक मनले अाफैमा लाज लाग्याे ..! के म पदकाे लागि राजिनामा दिएकाे हु त ?त्यसपछि मईले साेचे र निर्णय लिए कि राजिनामा फिर्ता लिए पछि मात्र बहस गर्छु नेताहरु सँग , बल्ल याे पर्दा उघ्रिन्छ यहाँ ..त्यसैले मईले याे निर्णय लिए अाज ..किनकी म कायर हाेईन् ! पाटीमा तेत्राे टुटफुट हुदा ,पाटी कमजाेर हुदा पनि , पाटीमा युवा जति फुटेकाले लग्दा पनि अलिकति पनि बिचलित नभई..अर्काे महाेदयकाे समान्नतर कमिटीकाे बिरुद्ध लडी नै राखे ,भएका युवाहरुलाई जगेर्ना गर्ने तिर लागे ..। हिजाे के थियाे हाम्रो क्षेत्रकाे स्थिति र अहिले के छ स्थिति युवाहरुकाे नेतृत्वले नजरअंन्दाज गर्नुभए कै हाेला …..!

अन्ततः मैले हिजाे जानेर हाेस् वा अन्जानमा दिएकाे राजिनामा फिर्ता लिएकाे घाेषणा गर्दछु ..र सधै पाटी र तपाईहरु बिच समर्पित हुनेछु भन्ने प्रतिबद्धता पनि जाहृेर गर्दछु …….. सलाम

लेखक :नेपाली जनप्रगतीशिल मन्च मलेसिया केन्द्रीय सल्लाहकार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी