एसएलसी प्रिन्सेज २०१६ का प्रतियोगीले देखाए प्रतिभा

एसएलसी प्रिन्सेज २०१६ का प्रतियोगीले देखाए प्रतिभा

  • सोमवार, जेष्ठ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाण्डौं जेष्ठ १६­ / एसएलसी प्रिन्सेज २०१६ मा सहभागी ५२ जना प्रतियोगीहरुले राष्ट्रिय नाचघर जमलमा आज भएको एक कार्यक्रम विच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन ।

उक्त कार्यक्रममा जोफेनलामाको अंग्रेजी गितको प्रस्तुतीवाट कार्यक्रमको प्रस्तुती संगै कार्यक्रमको सुभारम्भ भएको थियो । इसा गुरुङले हिजोराती वोलको गितमा नृत्य गरेकी थिइन त्यस्तै नुतन भट्ट,कास्मीरा क्षेत्री, प्रज्ञा अधिकारी , वर्षा थापा इसीका गजुरेल योवन फुयालले पनि विभिन्न नेपाली गितमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन भने दिक्षा भण्डारीले अंग्रेजी गित गाएकी थिइन भने प्रसुमा मगरातीले पेन्टीङ गरेर त्यसको महत्वको वारेमा वोलेकी थिइन त्यतैगरी प्रतिक्षा खत्रिले नारीको विषयमा आफनो भनाइ प्रस्तुत गरिन भने तिलस्मी प्रजापतिले वासुरीकोे मिठो धुन वजाएर उपस्थित दर्शकहरुलाई मन्त्र मुग्ध वनाएकी थिइन ,अस्मीता वोगटीले पियानो बजाएकी थिइन ।

त्यस्तै ज्योती लामा,सन्जु दोङ एरीना गुरुङ,सुविज्ञा पौड्याल, पासाङ डोल्मा, अलङ्कीता उपाध्ययले विभन्न गितमार्फत प्रतिभा प्रस्तुत गरेका थिए । कृष्मा सुवेदीले दर्शक तथा निर्णायक मण्डललाई आफ्नो कला दागवक्ति शिर्षकमा आप्mनो नाटक मार्फत भाव विवल वनाइ दिएकी थिइन भने सिम्रन वोहरा र विनिसा बोहराले कविता वाचन गरेका थिए ।श्रीर्यासी श्रेष्ठले लागुऔषध सम्बन्धी नाटक प्रस्तुत गरेकाी थिइन ।

अनिसा परियार, श्रीर्या श्रेष्ठ, श्रेर्या ओली, श्रेष्या श्रेष्ठले रिमिक्स गीतमा नृत्य गरेका थिए । स्वेता कार्की, प्रतिष्ठा गुरुङ,ससिन गुरुङ, रिद्धि साउद,सजिना अधिकारी प्रिति श्रेष्ठ, सिड्नी गुरुङ, प्रस्ना श्रेष्ठ , काजोल सिजापति ,सदिक्षा श्रेष्ट, मानसी श्रेष्ठ, सुदीना केसी श्रीना नेपाल, प्रस्तुती ढकाल , प्रसंसा के सी प्रतिष्ठा वाग्ले , गेस्मा खड्गी अवान्तिका भट्राई कृपा दाहाल रक्षा वराइली तथा रोसीका धमलाले पनि विभिन्न नेपाली गितहरुमा आफ्नो नृत्य मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।
उक्त कार्यक्रमा निर्णायक मण्डलमा डा.रोसन वराल सान कलेज भाइस प्रिन्सीपल, कला सुव्बा कोरोयोग्राफर ÷ आरजे ,भिजे /मोडल , जसुवा राई शुभतारा स्कुलका साइन्स शिक्षक , एसएलसी प्रिन्सेजका मेन्टर साइन्स, दिपसागर थापा मगर लोक तथा आधुनिक गायक , महेश गोदार वज्रयोगीनी डान्स एकाडमीका अध्यक्ष तथा नेपाल चलचित्र नृत्य संघका महासचिव ,रुपा खनाल नायिका,सोनीत ढुङ्गेल सौर्य इन्टरनेशनल कलेज प्रमोसन म्यानेजर र मिस टिन कलेज २०१५ की विजेता कुशुम थापा रहेका थिए ।

यस कार्यक्रमले उनीहरुलाई उच्च शिक्षा अध्ययनको लागि सहयोग पु¥याउनु साथै प्रतियोगीहरुको व्यक्तित्व विकास, उत्प्रेरणा शक्ति बढाउने, आत्मविश्वास अभिवृद्धि गराउने, नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन गर्दै समाजमा शिक्षित, सवल र जिम्मेवार व्यक्तिको रुपमा रुपानन्तरण गर्न सहयोग पुगोस भन्ने हेतूनै यस कार्यक्रमको मुख्य उदेश्य हो ।

करिब एक महिनाको प्रशिक्षण अविधिमा प्रि व्रिटिस आर्मि हेल्थ कल्वमा फिजिकल फिटनेशको १५ दिने कक्षा,होटल टेवल म्यानर सम्वन्धी पानरोमा रिर्सोट दामनका दिइएको शिक्षा साथै विभिन्न मनोरन्जन तथा फोटोस’टको मज्जा ,सामाजीक सेवा अनर्तगत वागमती सरसफाई,टुहुरा वालवालीकाको संस्थाको भ्रमण ,लागु पर्दाथ सम्वन्धी जानकारी ,पर्सनालीटी सम्वन्धी तालीम ,मेकअपकक्षाहरु आदीको तालिम दिइसकीएको छ भने प्रतियोगिहरुलाई कोरीयो ग्राफर रोजीन साक्यवाट नियमित रुपमा स्टेज पर्फमेनसको तालिम र व्रिजकोर्सहरु प्रेम गुरुङ,धरमेन्द्र पिथाकोटी र जोस’वा राईद्धारा सिडव्लु पार्टी प्यालेसमा दिदै आइरहेका छौं यस्ता प्रशिक्षणले हाम्रा प्रतियोगिका लागि जीबनभर उपयोगी हुने विश्वास हामीले लिएका छौं ।

एक महिनाको उनीहरुको तालीम अवधीको कार्य क्षमताको बारेमा मूल्याङन गरी उहाँहरुको परिवारलाई १०० पूर्णाङकको लब्धाङ्क पत्र समेत उपलब्ध गराने जानकारी पनि गराउदछौं र यस कार्यक्रममा प्रतिभा देखाइ निर्णायक मण्डलवाट पाएको अंक पनि अन्तिम विजयीको लागि जोडीन जाने कुराहरु पनि अवगत गराउन चाहान्छु । यस कार्यक्रममा विभिन्न विधाका वीजेताहरुलाई पनि पुस्कृत गरिने छ ।

प्रतियोगितामा विजेताले एसएलसी प्रिन्सेज २०१६’ कोे ताज र उपाधि सहित स्कुटर र हाम्रो यस प्रतियोगीतालाई प्रायोजन गर्ने कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि दुईलाख वरावरको छात्रावृक्ति पाउने छिन साथै विभिन्न उपहारहरु पनि पाउने जानकारी गराउदछौं ।

त्यस्तै गरि फस्ट रनर अप र सेकेण्ड रनर अप र अन्य ले भने मोवाइल ट्याव र एम आई मोवाइल फोन, र हामीलाइ प्रायोजन गरेको कलेजमा रु १ लाख वरावरको छात्रावृति प्रदान गरीने छ । यस बाहेक अन्य विभिन्न उपविधामा पनि विजेता छनौट गरिनेछ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी