बजेटले आर्थिक अनुशासन उलंघन गरेको छः डा महत

बजेटले आर्थिक अनुशासन उलंघन गरेको छः डा महत

  • शनिबार, जेष्ठ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

सरकारले शनिबार प्रस्तुत गरेको दश खर्ब ४८ अर्ब ९२ करोड तेह्र लाख ५४ हजार रुपैयाको बजेट विनियोजन गरेको प्रति विभिन्न क्षेत्रबाट मिश्रित प्रतिकृयाहरु आएका छन् ।
मिर्मिरेसग‘ प्रतिकृया दिदै पूर्व अर्थमन्त्री एवं नेपाली काग्रेसका नेता डा. राम शरण महतले यो लोकप्रियताको लागि राम्रो भए पनि यसले आर्थिक अनुशासन उलंघन हुने खतरा बढेको बताउनु भएको छ ।
उहाले केही कार्यक्रम राम्रो भए पनि र विगतमा आफूले ल्याएकै नीति र कार्यक्रमहरुको पनि निरन्तरता हुनु सकारात्मक भए पनि दिगो आर्थिक वृद्धि भन्दा पनि वितरणमुखि तरीकाबाट बजेट आएको बताउनु भयो ।
यस्तै आन्दोलनरत संघीय फोरम समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राईले राजनीतिक रुपमा लोकप्रिय हुनका लागि घोषणा गरिएको भन्दै यसको तात्विक औचित्य नभएको टिप्पणी गर्नु भयो ।
पूर्व सामान्य प्रशासन मन्त्री एवं एमाले नेता लाल बाबु पण्डितले जनताको हित अनुकुल बजेट आएको भन्दै कार्यन्वयनमा लाग्नु पर्ने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बजेट सकारात्मक रहेको भन्दै निजी क्षेत्रले यसलाई कार्यन्वयनमा सहयोग गर्ने बताउनु भयो ।
यस्तै पूर्व उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डीराज ढकालले बजेटमा केही राजनीतिक रंग देखिने भए पनि यसका सकारात्मक पक्षहरु पनि रहेको टिप्पणी गर्नु भयो ।
ईतिहासविद् राजनीतिक विष्लेषक डा. सुरेन्द्र केसीले कम्युनिष्ट पार्टीहरुको बहुमत रहेको सरकारले समेत कन्युनिष्टका कुनै पनि कार्यक्रम नसमेटेको भन्दै लो त्यति सकारात्मक मान्न नसकिने तर्क गर्नु भयो ।
अर्थविद् चन्द्रमणि अधिकारीले कृषि, यातायात, सडक जस्ता विभिन्न पक्षमा बजेट सकारात्मक रहेको तर आलोचना गर्ने ठाउ पनि थुप्रै भएको बताउनु भयो ।
अर्का अर्थ विद् डा. युवराज भुषालले बजेट सकारात्मक रहेको तर कार्यन्वयन भने चूनौतीपूर्ण रहेको बताउनु भयो ।
नेविसंघका अध्यक्ष एव सभासद् रञ्जित कर्णले सभासदको कोषमा पैसा थप्ने भत्ता बढाउने कुराले केही मानिस खुसी भए पनि आम जनतामा महगी र काला बजारीले भोलीबाटै दुख दिने भएकाले सरकारले यसमा सोचेर बजेटमा सवोधन गर्न नसकेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी