कर्मचारीको तलब २५ प्रतिशत बढ्यो ,सामाजीक सुरक्षा भत्ता बृद्धि

कर्मचारीको तलब २५ प्रतिशत बढ्यो ,सामाजीक सुरक्षा भत्ता बृद्धि

  • शनिबार, जेष्ठ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ, १५ जेठ ।

सरकारले सरकारी कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरेको छ ।व्यवस्थापिका संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजामती कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेका हुन् ।

सँगै सरकारले निजामती कर्मचारीलाई योगदानका आधारमा निवृत्तिभरणको व्यवस्था गर्ने समेत घोषणा गरेको छ । कर्मचारीलाई सक्षम बनाउने समेत सरकारले योजना ल्याउने भएको छ । सरकारले गत वर्षको बजेट भाषणमा कर्मचारीको तलब वृद्धि गर्न सकेको थिएन ।

अर्थमन्त्री पौडेलले सरकारी कर्मचारीको मनोबल उच्च राख्न तलब बढाइएको बताउनु भयो । उहाले महंगी भत्तालाई पनि निरन्तरता दिइने बताउनु भयो ।

यस्तै सरकारले वजेट मार्फत वृद्ध भत्ता १ हजार रुपैयाँ बढाएको छ । सरकारले यस अघिसम्म वृद्धहरुलाई दिँदै सामाजिक सुरक्षा भत्ता वापतको १ हजार रुपैयाँबाट बढाएर २ हजार रुपैयाँ बनाएको हो । गत वर्ष पनि सरकारले ५ सय रुपैयाँबाट बढाएर वृद्ध भत्ता १ हजार रुपैयाँ बनाएको थियो।

यसका लागि सरकारले ३२ अर्ब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ । यसरी पाइने भत्ता भने बैंक खाताबाट मात्र दिइनेछ । बैंक खाता निशुल्क खोल्न पाइनेछ ।

एकल महिला, वृद्ध र अल्पसङ्ख्यकलाई सो भत्ता प्रदान गरिँदै आएको थियो । ‘आफ्नो गाउँ आफँै बनाउँ’ कार्यक्रमको बजेट पनि दोब्बर बनाइएको छ । ती कार्यक्रमहरु विसं २०५२ मा नेकपा (एमाले) नेतृत्वको सरकारकै पालामा आएको थियो ।

यसैगरी, सांसद विकास कोषको रकम बढाइ रु तीन करोड पु¥याइएको छ । पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा लाग्ने उपचार खर्चमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने सांसदहरुका लागि घरभाडा वृद्धि गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ