काठमाण्डौ ,१४ जेठ । नेपाली काग्रेस निकट नेपाल बिद्यार्थी संगठनको राष्ट्रिय महाधिवेशन गर्ने मिति छैटो पटक तोकिने भएको छ । यसका लागि फेरी जेष्ठ २५ गते केन्द्रीय समितिको बैठक बोलाईएको छ ।
यस अघि वर्षौ देखि नेविसघंको महाधिवेशन हुन सकेको थिएन । ६५ को महाधिवेशनले चयन गरेको कार्यसमितिको अवधि सकिएको ६ वर्ष वित्दा समेत महाधिबेशन हुन सकेको थिएन ।
कहिले आन्तरीक विवाद त कहिले राष्ट्रिय राजनीतिक परिस्थितिले नेविसंघको महाधिबेशन रोकिदै आएको थियो ।
मातृ कॉग्रेसको आन्तरीक बिबादका कारण लामो समयदेखि हुन नसकेको नेबि संघले असार अन्तिम साता महाधिवेशन गर्ने तयारी गरेको छ ।
पाटि कायलय सानेपामा बिहान ११ बजेका लागी बोलाएको संघको केन्द्रीय समितिको बैठकमा सभापति रन्जित कर्णले असार अन्तिम साता ने बि संघ को ११ औ रास्ट्रिय महाधिवेशनको मितिप्रस्ताव गर्नुहुने प्रवत्ता युपि लामिछानेले जानकारी दिनु भयो ।
महाधिवेशनकालागी काठमाडौ, पोखरा र चितवनका बिषयमा छलफल भईरहेको भन्दै उहाले सोहि बैठकबाट स्थानको पनि टुङगो लाग्ने बताउनु भयो ।
यसअघि काग्रेस सभापति शेरबहादुर देउवाले नेबिसंघका प्रतिनिधिलाई भेटेर तत्कालै महाधिवेशनको मिति तोक्न निर्देशन दिनु भएको थियो ।