गित लेख्दै गर्दा मेरो मृत्यु होस् :गितकार शंकर अधिकारी

गित लेख्दै गर्दा मेरो मृत्यु होस् :गितकार शंकर अधिकारी

  • शुक्रबार, जेष्ठ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

काठमाण्डौ ।
२०४१ सालमा रेडियो नेपाल बाट गितिकथा लेखन सुरु गरेका गितकार शंकर अधिकारी घायल अहिले बहुआयामिक प्रतिभा भएकाछन ।गीति कथा लेखन बाट सुरु भएको उनको लेखन भने पहिलो होइन । सुन्सरी को झुम्कामा जन्मिएका घायल स्कुल पढ्दा देखि नै हल्का फुल्का कविता लेख्ने गर्थे स्कुलमा हुने सरस्वती पुजामा नाट्क पनि खेल्ने गर्थे ।
आफ्नो कर्मथलो खोज्दै जब उनी काठमाडौ भित्रिएपछि लगभग उनको लेखन यात्रामा रोक लाग्यो किनकी बाच्नु थियो पहिले लेख्नु भन्दा पनि। जब उनले केही राहत को मह्सुस गरे अनि उनी भित्रको लेखक जुर्मुर्‍याउन थाल्यो । साहित्य र गित, संगीत मै केही गरौ भनेर उनी लागि परे। मित्र उज्वल केसि को सहयोग मा किरण कडेल को संगीत मा पहिलो गित बिमल गदाल को आवाज मा रेकर्ड भए पछि आफ्नो गितियात्रा लाई अगाडि बढाउन थाले।
आफ्नै लगानी मा दुई लोक दोहोरी एल्बम शितल छाँया र चरी बस्यो फुलको डालिमा ल्याए पछि उनको केही चर्चा हुन थाल्यो । दिल कुमार प्यासी को मैदान चलचित्र मा गित लेखे पछि उनको भेट संगीतकार चेतन सापकोटा सङ भयो।
शंकर अधिकारी घायलको गित, चेतन सापकोटा को संगीत मा रोज राणाको पहिलो चलचित्र दादागिरी मा तिम्रो आँखा मा बस्ने रहर भो मलाइ लेखे पछि उनी खोजिन थालियो गित लेख्न लाई। रेखा फिल्म्स को किस्मत को फुल जस्ती रैछौ तिमी। चेतन कै संगीत रहेको मेरि बास्सै को शीर्षक गित लेखे पछि उनी पुर्ण रुपमा गितकार बने ।
रेखा ब्यानर कै अन्दाज फिल्मको सिम्पल सिम्पल कान्छी को डिम्पल पर्ने गाला लेखे पछि घायल चर्चित बन्न पुगे। नेपालमा जति नै चर्चित भए पनि गित लेखेर बाच्न गार्हो छ । उनको लेखन गित संगीत संगै चलचित्र लेखन तर्फ मोडियो ।तामाङ भासा को चलचित्र जा थेवा भोजपुरी भासाको यी कैसन बौछार अनि नेपाली कथानक चलचित्र लव इज लाइफ लेखे पछि चलचित्र लेखक पनि बने हाल उनले लेखेको नो स्मोकिङ र गोरे चलचित्र प्रदर्शन को तयारीमा छन।
अहिले नेपाल मा लघु चलचित्र को भेल नै आएको छ सोही अनुरुप उनले करिब ५०० लघु चलचित्र लेखन र निर्देशन गरे अनि करिव ६० म्युजिक भिडियो पनि निर्देशन गरे । के बाच्नै पर्‍यो । बाच्न लाई काम गर्न जरुरी छ ।
त्यही भएर म यता मोडिएको हु। म गितकार हु गितकार भएर जन्मिए गितकार भएरै मर्न चाहान्छु। अरु पेशा रोजेको खोजेको छैन मैले। गित, संगीत चलचित्र लेखन अनि निर्देशनमा लागेको छु । आफुले जानेको यहि हो यस्मै रमाउन र हराउन अनि यस्मै जिन्दगी विसर्जन गर्न सके मेरो सफलता हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी