इच्छुक’को स्मृर्तिमा अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न

इच्छुक’को स्मृर्तिमा अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न

  • बिहिबार, जेष्ठ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

बुटवल ,१३जेठ ।

जेठ १३ महान सांस्कृतिक–साहित्यिक अग्रज, पत्रकार एवंम सांस्कृतिक आन्दोलनका आदर्श नायक कृष्ण सेन ‘इच्छुक’को हत्या भएको दिन आज १४ औं स्मृर्ति एवंम बलिदानीदिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

यसैक्रममा यता बुटवलमा पनि क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीको आयोजनामा ‘जनपक्षिय पत्रकारीतामा कृष्ण सेनको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपा माओवादी रुपन्देहीका सेक्रेटरी शरद ओलीले नेपालमा पक्षधरता र पितपत्रकारिता हावि भैरहेको बेला कृष्ण सेन इच्छुकको पत्रकारिताको आर्दश र साहित्यिक एवंम सांस्कृतिक आन्दोलनलाई आर्दशको रुपमा ग्रहण गर्नुपर्ने बताए ।

पत्रकारीता आफैंमा स्वतन्त्र भएपनि जनपक्षीय पत्रकारिता गर्नुपर्ने भन्दै नेपालका मिडियाहरु धेरै व्यवासायीक भएर जनपक्षीय कलम कमजोर हुँदै गएको छ, उनले थपे नेपालका ठुला मिडियाहरु पैसाको भरमा समाचार छाप्ने कामतिर लाग्नु पत्रकारिताको उचित न्याय होईन, पत्रकारहरुले इच्छुकबाट धेरै कुरा सिक्नुपर्छ ।

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अनुप बराल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी एवं उपाध्यक्ष यानेन्द्र जीसि,कोषाध्क्षय बिश्वास ढकाल, क्रान्तिकारी पत्रकार संघका जिल्ला उपाध्यक्ष गुनाराम घिमिरे, प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष श्यामलाल पोख्रेल,लुम्बिनि बागँमय प्रतिष्ठान रुपन्देहिका अध्क्षय रिषि आजात, साहित्यकर्मी दिपक विश्वकर्मा लगायतले अन्तरक्रियामा बोल्दै कृष्ण सेन क्रान्तिकारी पत्रकार मात्र नभएर क्रान्तिकारी साहित्यकार पनि भएकाले धेरै क्षेत्रको आर्दश बनेको बताए ।

सेनको आर्दश जनपक्षीय पत्रकारिता र जनताको पक्षमा कलम चलाएमा मात्र उनको सपना पूरा हुने अधिकांश बक्ताहरुको भनाई थियो । तत्कालिन शाहि सेनाले २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर उहाँको हत्या गरेको थियो ।

कार्यक्रमको संचालन क्रान्तिकारी पत्रकार संगठनका जिल्ला सदस्य शिव डुम्रेले गरेका थिए भने सभापतित्व क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य एवंम रुपन्देही ईन्चार्ज प्रकाश डुम्रेले गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ