प्रमोद खरेलको नयाँ म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

प्रमोद खरेलको नयाँ म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

  • बिहिबार, जेष्ठ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

यूएई ।
नेपाली म्यूजिक भिडियोको विकासमा प्रवासी नेपालीहरुको भूमिका बढ्दै गएको छ । रोजगारीको सिलसिलमा बिदेसिने नेपालीहरुले पनि गुणस्तरीय म्युजिक भिडियो बनाउन थालेका छन् । नेपाली रजतपटका चर्चित कलाकारहरुले प्रवासी नेपालीहरुले चालेका प्रयासमा प्रत्यक्ष सहयोग गरेपछि त प्रवासमा कार्यरत नेपाली मोडलहरुको हौसला बढेको छ ।
यसै क्रममा यूएईमा बनेको एक म्युजिक भिडियोले धेरैको ध्यान केन्द्रित गरेको छ । चर्चाको शिखरमा चढ्दै गएको यस भिडियोमा दुबईको मरिना एरिया र समुद्री किनार, डेजर्ट सफारी, बोटिङको मज्जा लिन सकिन्छ । यस म्युजिक भिडियोमा यूएईको भौतिक सम्पन्नता, अत्याधुनिकता र वैवभतालाई दर्शकहरुले देख्न सक्छन् ।

गत महिना एक कार्यक्रममा यूएई आएका नायक जीवन लुइँटेलले अभिनय गरेको प्रमोद खरेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यूएईमै कार्यरत दुई चर्चित मोडलहरु निलम खड्का र मोहन बोगटीको जीवन्त अभिनय अभिनय रहेको भिडियोमा यूएईका रमणीय स्थलहरुलाई कैद गरिएको छ ।

गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो सिउँदो पराईले भरेको दिन, त्यही हो सानु, त्यही हो सानु, म मरेको दिन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । यो भिडियो सार्वजनिक भएसँगै यूएईबाट पनि उत्कृष्ठ भिडियो बन्न सक्दो रहेछ भन्ने प्रमाणित भएको छ ।

चर्चित निर्देशक प्रकाश भट्टको अगुवाईमा तयार भएको भिडियोले यूएईमा श्रमरत मोडेलहरुको प्रतिभालाई उकास्ने काम गरेको छ । सुगठित शरीरधारी गोरखाका बोगटीले यसभन्दा अघि करिब एक दर्जन भिडियोहरुमा अभिनय गरिसकेका छन् भने खड्काले यसअघि स्वरुपराज आचार्यको एक गीतमा मोडलिङ गरिसकेकी छिन् । चर्चित गायकगायिकाहरुका गीत तथा कलाकारहरुसँग मात्र मोडलिङ गर्ने सोच राखेकी खड्काले गायक प्रमोद खरेलकै नयाँ गीत ‘अमृत भनी बिष दियौं, बिषै पनि पिएँ, तिमी मेरै बन्छौै भन्ने पर्खाइमा थिएँ…’ भन्ने मा मोडलिङ गरिसकेकी छिन् ।

उक्त गीतको भिडियो पनि केही हप्तामै सार्वजनिक गरिने मोडल खड्काले बताएकी छिन् । उक्त भिडियोमा मोडल बोगटीका साथमा अनुराग थपलियासँग काम गरेको खड्काले जानकारी दिएकी छिन् । फोटोजिनेटिक मुहारधारी खड्का काठमाडौंकी बासिन्दा हुन् ।

निर्देशक भट्ट, नायक लुइँटेल र मोडल बोगटीको सपोर्ट र प्रेरणाले गर्दा यो क्षेत्रमा रुचि बढेको मोडल खड्काले बताएकी छिन् । नायक लुइँटेलसँग अर्को प्रोजेक्टको रुपमा नेपाली चलचित्रमै काम गर्ने सहमति भएको मोडल खड्काले बताएकी छिन् ।

एकनारायण भण्डारीको शब्द तथा संगीतमा सजिएको उक्त गीतको सम्पादन विष्णु शर्माले गरेका हुन् । सगरमाथा डिजिटल प्रालिले २० मेमा सार्वजनिक गरेको भिडियो मनमोहक बनेको निर्देशक भट्टले दाबी गरेको छन् ।

भिडियो हेर्नुहोस् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी