जेम्स एण्ड ज्वेलरी एक्सपो जारी(तस्विर सहित)

जेम्स एण्ड ज्वेलरी एक्सपो जारी(तस्विर सहित)

  • आइतवार, जेष्ठ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 70.8K
    SHARES

जेष्ठ ९ काठमाण्डौं । डाइरेक्शन नेपालको व्यवस्थापनमा नेपाल रत्न तथा आभूषण सघंको आयोजनामा राजधानीको याक एण्ड यतीमा जेम्स एण्ड ज्वेलरी एक्सपो जारी छ ।

नेपाली कच्चा पदार्थ एवम् नेपाली कालिगडको मौलिकता, क्षमता र शीपको प्रवर्द्धन गर्ने उदेश्ले गरिएको एक्सपोमा ६० वटा स्टल रहेको छ । एक्स्पोमा न्यूनतम ८ र १० हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्मका गहनाहरु प्रर्दशनीमा राखिएको छ ।

एक्स्पोमा गहनामात्र होइन, सुनचाँदीको टोपी, सुन लेपन गरिएको घडी लगायतका वस्तुहरु पनि देख्न पाईन्छ ।

प्रर्दशनीमा राखिएको आधा किलो सुनको टोपीमा सर्वाधिक आकर्षण देखियो । सर्वोत्ममुखी सुनचाँदी गहना उद्योगको स्टलमा सुनको टोपीमात्र होइन, सुनको ठूलो जन्तर र चन्द्रमा समेत प्रदर्शनीमा राखिएको छ ।

एक्स्पोमा गरगहनाहरु बिक्री गर्ने भन्दा पनि आफ्नो ब्रान्ड पहिचान गराउन र प्रवद्र्धन गर्ने काम भएको आयोजकको भनाई छ । एक्सपोमा बराह ज्लेवरीको स्टलमा मात्रै ६० वटा भन्दा गरगहनाको अर्डर प्राप्त भएको बराह ज्वेलरीका प्रशासन अधिकृत पाभेल उदासले बताएका छन् ।

बराहले ३० वर्ष पुरानो धातुको तिल्लरी राखेको र अवलोकन कर्ताहरुले यसलाई बिशेष रुची दिएको उदासको भनाई छ । बलिउड फिल्म आशिकीका हिरो राहुलकी श्रीमतिले समेत बराहमा गहना किनेकी थिईन् ।

यसै गरी भारतबाट मात्रै आउने गरेको नेक्लेस लगायतका गहना नेपालमा पनि बनाउन सकिने भन्दै बराहले अन्य पसलका लागि समेत थोक विक्रेताको रुपमा काम गर्ने समेत उदासले बताए ।

बराह ज्वेलरीले आफ्नै कारखानामा अडर अनुसार नेपाली मौलिक परम्परा तथा नयाँ डिजाईनमा सबै प्रकारका गरगहना बनाएर थोक विक्रेताको रुपमा ज्वेलीरी पसरहरुमा पुर्याउने कार्य सुरु गरेको उनको भनाई छ ।

यस्तै चादीको आकर्षक टोपीहरु प्रदर्शनमा राखेको सुनचादी गृह पनि अवलोकन कर्ताहरुको आकर्षणको केन्द्र बनेको छ । यस गृहका प्रोपाईटर सूर्य कुमार बरालले आफ्नै सिर्जनामा यो टोपी तयार पारेको भन्दै यो टोपीको मुल्य ७० हजार रहेको बताए । यसमा ९८ प्रतिशत चॉदी र २ प्रतिशत अन्य धात’ मिसाईएको उनले बताए ।

यो टोपीमा नेपालको नक्सा, राष्ट्रिय चिन्हहरु र लोगो जडान गरिएको छ । साथै बरालले यसलाई पाईरेसी गर्न नदिन भन्दै निवेदन समेत आयोजकलाई दिएका छन् ।

यस्तै ७० हजार बराबरको मोबाईल कभर पनि एक्सपोमा देख्न सकिन्छ ।
यसमा सुन र चादी मिसाएर बनाईएको छ ।

यसै गरी सुलभ सेन्टरमा एक लाख १३ हजारको एउटा मात्र घडी विक्री भएको र अन्य अर्डर आएको यसका प्रोपाईटरले बताए ।

यस्तै अन्य स्टलमा पनि अवलोकन कर्ताहरुले अर्डर गरेको उनीहरुको भनाई छ । सोमबार गहनाको पहिरन सहितको मोडलिङ सगै एक्सपो सकिने आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी