जेठ २, बुटवल । मालेमा अध्ययन केन्द्र बुटवलले चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औं बर्षगाँठ बुटवलमा एक कार्यक्रम गरि मनाएको छ ।
कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदीले कम्युनिष्ट पार्टीभित्र मूल्य र मान्यताको बैचारिक ह्रास आएको भन्दै दक्षिणपन्थी छद्म अवसरवाद विरुद्ध महान सर्वहारा सांस्कृतिक क्रान्ति आवश्यक रहेको बताउनु भयो ।
नेकपा माओवादी रुपन्देही जिल्ला सेक्रेटरी शरद ओलीले नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी नवसंशोधनवाद मुख्य समस्या रहेको भन्दै सबैखाले प्रतिक्रान्ति विरुद्ध जुध्न एकीकृत जनक्रान्तिमार्फत निरन्तर सर्वहारा सांस्कृतिक क्रान्ति आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका नेता राजेश विकले सर्वहारा सांस्कृतिक क्रान्ति विश्व दृष्टिकोण भएको भन्दै नेपाली क्रान्ति सम्पन्न गर्न क्रान्तिकारीहरु धु्रवीकरण हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार भुलबहादुर सुनारी मगर, नेकपा (माओवादी) रुपन्देही सेक्रेटरी गोविन्द पंगेनी, नेकपा मसालका नेता पुरुषोत्तम पाण्डे, बाम बुद्धिजीवि पदम कार्की, साहित्यकार खोमा तरामु मगर लगायतले बोल्नु भएको थियो ।