ए मुना जी ! मदनको घाउ पोल्न छाड्यो कि ?
तिमीभित्र मदनको तस्विर वोल्न छाड्यो कि ?
खोइ मदन कहॉ गए ? कसले ठेल्यो त्रिशूलीमा
तिम्रो दिलले मदनको ढोका खोल्न छाड्यो कि ?
हिजो -आज सवैभन्दा ठूली मान्छे बनेकी छौ
तिम्रो मन मदनमा सॉच्चै घुल्न छाड्यो कि ?
वावा खै त रु भनी सोध्ने गर्दा होलान छोरीहरू
तिम्रो मन यी प्रश्नमा भन डुल्न छोड्यो कि ?
ढल्को
मदन(आश्रित स्मृति दिवस
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline