जेष्ठ -२ ,काठमाण्डौ ।
हिम सम्झौता म्युजिक प्रालिको प्रस्तुतिमा अर्को नया लोकदोहोरी “माया बढ्दै गयो”बजारमा आएको छ ।बिमल पौडेलको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा आवाज भने जुना श्रीष मगर र बिमल पौडेलले दिनु भएको छ ।
आफ्नो प्रेमिकालाई प्रेमीले दिएको मायाले गर्दा छुटेर जान नसकेको घटनालाइ आधार पारेर बजारमा आएको गीतमा लय तथा शब्द भने राम्जी पौडेलले भर्नु भएको छ ।
अहिलेका चर्चित मोडल धुर्ब हिमाली र अस्मि खड्काको ससक्त अभिनयमा तयार भएको म्युजिक भिडियोले पनि सामाजिक यथार्थतालाई छर्लङ्ग पारेको जानकारी कम्पनि संचालक नन्दराम परियारले दिनुभयो ।
गीतको निर्देशन भने एकिन्द्र सारा संकरले गरेका छन भने छायांकन क्यामारामेन हरिश महराको छायांकनमा निर्माण भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline