बैशाख ३१ काठमाण्डौं । शुक्रबार एकीकृत माओवादी, नेकपा क्रान्तिकारी माओवादी, लगायत अन्य माओवादीबाट फुटेका समुहरुले शान्ति प्रकृया र जनयुद्धकालीन मुद्धाको विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा नया माओवादी छाडेर न‘या शक्ति अभियानका सयोजक बाबुराम भट्टराई र नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लव उपस्थित भएनन् ।
कार्यक्रमको जानकारी दिने क्रममा उनीहरु पनि आउने भनिएको थियो । तर ती दुई नेताले आफ्ना प्रतिनिधिहरु पठाए पनि उनीहरु सहभागी भएनन् ।
स्रोतका अनुसार नेत्र विक्रम चन्द विप्लव पार्टीले आगामी जेष्ठ ७ गते राजधानीमा गर्ने शक्ति प्रदर्शनको तयारीमा रहेकाले उपस्थित हुन नभ्याएको भनिएको छ ।
तर पनि जानजान संसदीय व्यवस्था स्वीकार्ने जस्तो गल्ती प्रचण्डहरुले गरेकाले अहिलेको अवस्था आएको भन्दै संकट पर्दा साथ खोज्ने र अवसर पाउदा पर धकेल्ने प्रचण्ड रणनीतिसग‘ सतर्क रहनु पर्ने बुझाईका साथ विप्लव नगएको हुन सक्ने अनुमान केही नेताहरुले गरेका छन् ।
उता बाबुराम भट्टराईले पनि विभिन्न व्यवस्तताको कारण देखाएर नआए पनि खासमा प्रचण्डसग‘को रिसले गर्दा जान हनमानेको उनी निकट स्रोतको भनाई छ ।
बाबुराम भट्टराई प्रचण्डलाई अख्तियार लाग्न सक्ने र जनयुद्धकालीन मुद्धामा अन्तराष्ट्रिय अदालत सम्म लैजान सक्ने कुराका बारेमा पहिले देखि नै चर्चा गर्दै आउने गरेका थिए ।
ठोस आधार नभए पनि जानकारहरु बाबुराम भट्टराई यस्तै मुद्धाबाट समेत उम्किने अभिप्रायका साथ पूजीवादी समाजवादी कार्यक्रमका साथ गैर कम्युनिष्ट पार्टी निमार्णमा लागेका हुन् ।
हिम्मत भए मलाई जेल हाल्नुसः प्रचण्ड
बैशाख ३१ काठमाण्डौं । आधा दर्जन बढी समुहमा विभाजित माओवादी नेताहरुले जनयुद्धकालीन मुद्धा ब्युताउने काम भएको भन्दै कडा विरोध जनाएका छन् ।
पाच माओवादीले सयुक्त रुपमा आज आयोजना गरेको कार्यक्रममा प्रधानसेनापति गौरव शमशेर जवरा सहित पूर्व प्रधान सेनापति छत्रमान सिंह गुरुङ सहितका अधिकारीहरु समेत उपस्थित थिए ।
कार्यक्रममा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धकालीन सबै घटनाहरुको आफूले जिम्मेवारी लिने बताउदै जेल हाल्न चूनौती दिए ।
नेपालमा शान्ति र स्थिरता देख्न नचाहने शक्तिहरु शान्ति प्रकृया भाड्न लागि परेको भन्दै तात्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा र विद्रोही पक्षका कमाण्डर प्रचण्डलाई जेल हाल्न चूनौती उनले दिए ।
मानवअधिकारका नाममा फेरी पनि द्धन्द चर्काउन चाहने तत्वहरुका विरुद्ध एक जुुट हुनु पर्ने अध्यक्ष प्रचण्डको भनाई थियो ।
अध्यक्ष प्रचण्डले अब कुनै पनि मुल्यमा माओवादीहरुलाई एक ढिक्का बनाएर अघि बढाउने भन्दै आवस्यक परे बरु सरकारै छाड्न तयार रहेको बताउनु भयो ।
यसै गरी कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले हिजो क्रान्ति लडेका योद्धाहरु अहिले अपराधी जस्तो जेल जानु पर्ने अवस्था आएको भन्दै कडा विरोध जनाउनु भयो ।
माओवादी आफैले केही गल्ती गरेका कारण यस्तो हुन पुगेको भन्दै गंभीर समिक्षा गर्नु पर्ने आवस्यकता रहेकोमा अध्यक्ष बैद्यले जोड दिनु भयो ।
आवस्यक पर्दा माओवादीहरु एकै ठाउमा उभिने भन्दै उहाले माओवादीलाई डण्डा लगाएर ठीक पार्ने सपना नदेख्न चेतावनी दिनु भयो ।
माओवादीका संयोजक मात्रिका यादवले गणतन्त्रको लागि लडेका मानिसलाई नै गणतान्त्रिक व्यवस्थामा मुद्धा लागेको भन्दै विरोध जनाउनु भयो ।
कार्यक्रममा माओवादी फुटेका कारण समस्या आएको भन्दै विगतमा किन फुटेको भनी नेताहरुलाई प्रश्न गर्नु भएको थियो ।
संसार हल्लाउने नेपाली जनक्रान्तिको सुप्रिम कमाण्डर आज किन यस्तो अवस्थामा पुगेको हो भनेर आत्मसमिक्षा गर्नु पर्ने दिक्षीतको भनाई थियो ।
कार्यक्रममा बोल्दै जनअधिकार अभियानका सयोजक तथा अधिबक्ता एकराज भण्डारीले शान्ति सम्झौता अनुसार व्यवस्थापन हुनु पर्ने मुद्धाहरुलाई कानुनी विषय बनाएर अगाडी ल्याउदा द्धन्दको समाधान नहुने बताउनु भयो ।