बैसाख ,२९ काठमाण्डौ ।
लोक संगीतको बचावटको लागि खासै आवाज उठिदैन नत् कुनै निरन्तरता नै छ लोकदोहोरीमा सर्जकहरुको,तर बिगत केहि बर्ष देखि निरन्तर लागिरहेका गायिका मुना थापाको आवाजमा चर्चित सर्जक कमल सरगमको शब्द सृजनामा नया लोकदोहोरी गीत बजारमा आएको छ ।
बहुचर्चित गायिका मुना थापा मगर र सरगम तिमिल्सिनाको सुमधुर आवाजमा सरगम तिमिल्सिनाकै लयभित्र यो गीत बजारमा आएको हो ।
मेशना डिजिटलको उत्कृष्ट उत्पादनको रुपमा बजारमा आएको गीत एक माया प्रेम जो आफुले आफैलाई सबै भन्दा बढी बिस्वास गर्दा पनि धोका भोग्नु पर्दाको कथामा आधारित रहेको यस गीतका सृजना कर्ता कमल सरगमले जानकारी दिनु भयो ।गीत म्युजिक नेपालको युटुब च्यानलमा सार्बजनिक भएको छ ।”
सार्बजनिक भएको केहि घण्टामै अत्याधिक रोजाइमा आएको छ”कम्पनि संचालक रोशन परियार भन्नु हुन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस