बालाराम वली भन्छन् जलजलामा हिँउ पर्यो माया

बालाराम वली भन्छन् जलजलामा हिँउ पर्यो माया

  • मङ्लबार, बैशाख २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाण्डौ ,२८ वैशाख ।

लोक दोहोरी गीतहरुमा आएको बिकृति विसंगतिको भण्डाफोरको लागि आवाज उठाउने कम छन् यसैलाई मध्यनजर् गर्दै नब सर्जक नबसर्जक बालाराम वली रोल्पालीले सम्रग रोल्पा जिल्लाका बिभिन्न पर्यटकिय क्षेत्रलाई समेटेर मौलिक लोक दोहोरी गीत “जलजलामा हिँउ पर्यो माया” नामको गिति एल्बम् बजारमा ल्याएका छन् ।

गितमा बहुचर्चित लोक तथा दोहोरी गायिका देबि घर्ति र प्रतिभासाली अर्का गायक गोबिन्द वली रोल्पालीले स्वर दिएका छन् । गोविन्द वली रोल्पालीकै लय तथा शब्द सृजनामा तयार भएको गीतले अहिले बजार तताएको छ । एल्बम् भने रोजगारको सिलसिलामा कुवेतमा रहेका बालाराम वली रोल्पालीको रहेको छ ।

उक्त शब्द सङकलन गर्नका लागि बुबा खुमराज वलीले निकै सहयोग गरेको गोबिन्द बताउ छन् । गितमा प्राय रोल्पा जिल्लाका पर्यटकिय क्षेत्रहरु सुनछहरी झरण ,माडि खोला ,जलजला ,खुग्रीकोट ,गजुलकोट दरबार ,सुकिदह ,गामालेख ,बाह्र जथाक ,रुण्टी , नाउली, घर्तिगाँउ, जेल्बाङ ,दहबन लगाएतका ठाँउहरुलाई समेटेर शब्दहरु राखिएको छ ।

रोल्पा जिल्लालाई चिनाउनु पर्छ भन्ने उदेश्यले यो गित बजारमा ल्याएको वलीले जानकारी दिए । साथै उक्त गितको भिडियो पनि रोल्पामै गर्ने योजना बनाएको नेपाली आउटलुकलाई जानकारी दिएका छन् । गोबिन्दले स्वर दिएको यो चौथौ एल्बम हो ।

पहिलको एल्बम भुल्दै भुल्दै जाउ निकै चलेको र त्यसैको सफलता पछि तिमै फोटो चुम्छु काली लगाएत बोलका गित बजारमा ल्याईसकेका वलीले जलजलामा हिउ पर्यो माया बोलको गितले सबै रोल्पाहरुको मन जित्न सफल हुनेमा आफु आसाबादी रहेको बताएका छन् ।

उनी आलाप रेकर्डिङ स्टुडियोको रेकर्ड ईन्चार्ज पनि हुन् । आफुलाई यहाँ सम्म ल्याउनमा सहयोग गर्ने शिला क्यासेट सेन्टरका प्रबन्ध निदेशक ईन्द्र जि.सी र आलाप सेकर्डिङ स्टुडियोका एरेन्जर झलक सङगीतम प्रति आभार प्रकट समेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी