कस्तो हुने होला गायक कर्म दोङको कर्म……..

कस्तो हुने होला गायक कर्म दोङको कर्म……..

  • मङ्लबार, बैशाख २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 25.5K
    SHARES

काठमाडौं २८ वैशाख ।  

युवा गायक कर्म दोङ तामाङको नयाँ सांगीतिक एल्बम कर्म यसै साता दर्शक श्रोता माझ आउँदैछन् । अध्यायनका शिलशिलामा जापानमै बस्दै आएका कर्मले नजिकिदै गरेको बुद्ध जयन्तीको अवसर पारेर जापानमै एल्वम विमोचनको तयारी गरेको छ ।

एक दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायक कर्म यसै एल्बमको लागि जापानबाट नेपाल आएका थिए । काभ्रेपलाञ्चोक जिल्लाको ठूलो पर्सेल गाविसमा जन्मेका गायक कर्मको नयाँ एल्बम कर्ममा विभिन्न स्वाद र शैलीका ६ वटा गीत समावेश गरिएका छन् ।

जसमा उनको पहिलो पटक रेकर्ड भएको “गीत अतिको गर्मी वैशाखमा” बोलको पूरानो गीत पनि रहनेछ भने बाँकी सबै गीतहरु नयाँ गीत रहेका छन् । उनको यही एल्वममा समावेश सुनकोशी तरेर म आउँला बोलको गीत अहिले युट्युव लगायत श्रोता र दर्शकमाझ निकै चर्चित छ ।

यसको म्यूजिक भिडियो जापानमै छायांकन गरिएको हो । सानैदेखिको संगीतप्रतिको झुकाव उमेरसँगै झनै बढ्दै जाने गरेको कर्मको अनुभव छ । भन्छन् “अब त संगीत नै मेरो जीवन हो भन्ने लाग्न थालेको छ ।” “किनभने संगीत विनाको त म सेकेण्डको पनि कल्पना गर्न सक्दिनँ” ,उनी भन्छन् ।

यस्तै संगीत कर्मबाट श्रोता र दर्शकको मनमा बस्न चाहने उनको धोको पूरा हुँदैछ । थोपा मिडिया प्रालिले एल्वम कर्मको व्यवस्थापन गर्दैछ । चार वर्ष अघि अध्ययनको क्रममा जापान गएका उनी अहिले जापानमा रहेका नेपाली श्रोता दर्शकहरुको लागि स्थापित नाम बनिसकेका छन् ।

त्यसैले उनी बस्ने नागोया शहर मात्र नभइ राजधानी टोक्यो, फुकुओका र ओशाका जस्ता शहरहरुमा आयोजना हुने कार्यक्रमबाट समेत उनलाई अफर आउँने गरेका छन् । सम्भव भएसम्म ती कार्यक्रमहरुमा पुग्छन् कर्म । यसबीचमा उनले राजु लामा, रोज मोक्तान, विजय लामा, प्रमोद ढकाल लगायतका सांगितिक हस्तीहरुसँग समेत स्टेज शेयर गरिसकेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी