काठमाण्डौ ,१७ बैशाख ।
स्वदेशमै रोजगारीको माग गर्दै राजधानीको रत्नपार्कमा तीन दिनदेखी आमरण अनसन बसेका युवाहरुको अल्का अस्पतालले निशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
अल्का अस्पतालका चिकित्सक डा केशव अधिकारीको नेतृत्वमा आज विहान अनसन स्थल शान्ती बाटिका पुगेको स्वास्थ्यकर्मीको टोलीले एकीकृत माओवादी नेता चन्द्रबहादुर थापा सागर नेतृत्वमा अनसन बसेका १२ जनाको स्वास्थ्य परीक्षण गरेको हो ।
अनसन बसेका मध्ये ३ जनाको अवस्था गम्भिर पाइएपछि चिकित्सकले डेष्टट्रोज पुस अर्थात नशाबाट ग्लुकोज पठाएर उपचार गरेको अस्पतालका ल्याव व्यवस्थापक नवराज थापाले बताए ।
गर्मीमा लगातार भोग हड्ताल गर्दा हाइपोग्लासिको समस्या हुन सक्ने भन्दै अस्पतालले अनसनकारीको स्वास्थ्य अवस्थालाई निगरानीमा राखेको अध्यक्ष कुमार थापाले बताए ।
उनीहरुको अवस्थामा थप कुनै समस्या आए अस्पतालले निशुल्क उपचार गर्ने प्रवन्ध मिलाएको छ ।