संविधानप्रतिको असमझदारी र मधेश आन्दोलन समाधान गर्न कठिन :गृहमन्त्री बस्नेत

संविधानप्रतिको असमझदारी र मधेश आन्दोलन समाधान गर्न कठिन :गृहमन्त्री बस्नेत

  • सोमवार, बैशाख १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ ,१३ वैशाख ।
गृहमन्त्री शक्ति बहादुर बस्नेतले संबिधानमा देखिएको असमझदारी र मधेश आन्दोलनलाई समाधान गर्न सहज नभएको प्रतिक्रिया दिनुभएको छ ।

बुटवलमा आज आयोजीत पश्चिमाञ्चल स्तरीय विशेष सुरक्षा गोष्ठीमा बोल्दै उहाँले संविधान जारी भएपछि देखीएको अन्योलता अन्त्य गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

आर्थिक विकास, सुशासन र सामाजिक न्यायलाई अघि बढाउन सुरक्षा, प्रशासन लगायत सबै क्षेत्रबाट लाग्नुपर्ने गृहमन्त्री बस्नेतको जोड थियो ।

नेपाली जनताको शान्ति र सम्बृद्धिलाई ध्यानमा राखेर बनाईएको केन्द्रीय सुरक्षा नीति र योजना क्षेत्र र जिल्ला तहमा पनि सबैले आत्मसाथ गर्न गृहमन्त्रीले आग्रह समेत गर्नुभयो ।
अधिकांश जनताको भावना र आवश्यकता समेटेर बनेको संविधानको विरोध गर्दै अझैपनि आन्दोलनको हल्ला चलाउनुको कुनै अर्थ नहुने मन्त्री बस्नेतको भनाई थियो ।

अबको समय शान्ति, लोकतन्त्र र संवृद्धिको प्रवद्धनमा खर्चनु पर्नेमा पनि उहाले जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ