लक्कीप्रति उत्साहित शेर्पा समूदाय र पदीय यथार्थता

लक्कीप्रति उत्साहित शेर्पा समूदाय र पदीय यथार्थता

  • शनिबार, बैशाख ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

 

फेसबुक लगायतका सामाजिक संजालहरुमा पुर्वसभासद लक्की शेर्पाको चर्चा ह्वात्तै बढेको छ । यसको मतलब फेरी हिजो चहि उनी चर्चामै थिएनन् भन्ने चहि होईन । खड्गप्रसाद ओली नेतृत्वको सरकारले विभिन्न देशमा राजदुतहरुको सिफारिस गर्ने क्रममा उनलाई पनि अष्ट्रलियाको लागि राजदुतमा सिफारिस गर्ने निर्णय भएपछि भने उनको चर्चा विशेष गरी विश्व शेर्पा समूदायभित्र चुलिएको हो ।

    हिजो देखि उत्पीडित आदिवासी जनजाति, महिला र पिछडावर्ग सिमान्तकृतहरुको हकहित र समावेशी नेपाली समाज निर्माणका गर्ने मूल उद्देश्य बोकेर राजनीतिमा गर्दै आएकी एमाओवादी नेतृ समेत रहेकी लक्की शेर्पालाई राजदुतमा सिफरिस हुँदा शेर्पा समूदाय मात्रै नभएर समग्र आदिवासी जनजाति र उत्पीडित समूदायहरु खुशी नहुने कुरै भएन ।

आम शेर्पा समूदाय लगायतका आदिवासी जनजाति महिलाको अधिकारको पक्षमा आवज बुलन्दै गर्दै पहिचानको खरो पक्षदरको रुपमा देखिदै आएको कारणले पनि उनको यो उपलब्धीमा विश्वभरीका विशेषगरी शेर्पा र आदिवासी समूदायहरु उत्साहित भएका अवस्था हो । अनि उनको यो उपलब्धीलाई विश्वभरीबाट नै विशेष गरी शेर्पा संघ संस्थाहरुले आधिकारीक रुपमा र थुप्रै व्यक्तिगत शुभकामना सन्देशको ओईरो लागिरहेको छ ।

हुन त कुनै पनि देशको राजदुत भनेको नेपाल सरकारको कर्माचारी हो । जुन सहसचिव सरहको पद हो, कही फरक छ भने नेपालको कुटनीतिक प्रतिनिधित्व गर्ने पाटो चहि अलि भन्न छ । यद्यपी एक जना शेर्पा समूदायको पनि महिला भएको कारणले उनको यो उपलब्धी एक कोणबाट हेर्दा शेर्पा समूदायको लागि ठुलै उपलब्धी हो ।

तर उनको राजनीतिक पृष्ठभुमिको प्रोटोकल र उनले राजनीति गर्दै आएको उत्पीडित शेर्पा लगायतका आदिवासी समूदाय र महिलाको अधिकारमुखी अधुरो आन्दोलनको कोणबाट हेर्दा चहि उनलाई सरकार र पार्टीले ललीपप दिएर रोएको बच्चा फकाएको जस्तो मात्रै भएको देखिन आउछ । एमालेको पुर्व सभासद, एमाओवादीको वैकल्पिक केन्द्रीय सदस्य तथा शेर्पा प्रदेश इन्चार्ज समेत रहेका भावी मन्त्री पदका दाबेदार उनी वास्तावमा सहसचिव सरहको सरकारी कर्मचारीमा सिमित हुनुलाई तराजुको एउटा पल्लामा र कही कतै केही नहुदा यही नै व्यक्तिगत र समूदाय तथा महिलाको प्रतिनिधित्वको राष्ट्रिय उपलब्धी ठान्नुलाई तराजुको अर्को पल्लामा राखेर जोख्दा चहि यो उपलब्धीको पल्ला निकै हलुका बन्न जान्छ ।

     यो उपलब्धीका लागि उनले व्यक्तिगत पहलहरु कति गरे गरेनन्, नेताहरुको घरदैलो चहारे चहारेनन् त्यो भित्री पाटो उनले नै जान्ने कुरा भयो । तर हाम्रो बुझाईमा चहि त्यो उचाईमा पुगेको व्यक्तिले यो पदका लागि त्यसो गरेनन भन्ने विश्वास हो, यद्यपी सरकारी कर्मचारीहरुको सिफारिस र बढुवाका लागि हुने नजीरहरुलाई आधार मान्ने हो भने सिफारिसका लागि यसै गर्नुपर्ने बाध्यत्मक परिस्थिती छैन भन्न सकिने अवस्था पनि छैन ।

    खैर जे भएपनि यो उपलब्धीमा सबै शेर्पा समूदाय धेरै खुशी छ । शेर्पाहरुको पहिचान र अधिकारको पक्षमा हिजो एमालेको तर्फबाट सभासद हुँदा होस या एमाओदीमा प्रवेश गरेर वैकल्पिक केन्द्रीय सदस्य हुँदा होस उनको भुमिका शसक्त भएकै कारणले आज उनको यो व्यक्तिगत उपलब्धीलाई सिङ्गो शेर्पा समूदायले एक ढिक्का भएर आफ्नो उपलब्धी ठानिरहेको छ ।

अनि यतातिर नमिलेको राजनीतिक प्रोटोकललाई चहि गौण नै सही मानिरहेका छन् । हुन त नमिलेको राजनीतिक प्रोटोकलमा उनी मात्रै एक्लो चहि होईनन्, पुर्व मन्त्री समेत पनि राजदुतमा सिफारिस भएका छन तर यतातिर समुदायको हक हित र अधिकार सहतिको पहिचान स्थापित गर्ने कुरामा, सिङ्गो आदिवासी जनजाति र महिलाको अधिकारमुखी आन्दोलनमा उनी हिजोदेखिको अधिकारकर्मी अभियानकर्ता भएको कारणले त्यो सबै अझै अधुरो नै छदाँ भएको यो व्यक्तिगत उपलब्धी चहि पक्कै फरक कोणबाट छलफल गर्नुपर्ने बिषय हो भन्ने लागेको छ ।

यसो भन्दैमा फेरी नेपाल जस्तो गरीब देशको जो कोही पनि नागारिक अमेरिका, यूरोप, अष्ट्रलिया जस्तो देशमा त्यो पनि राजदुत भएर नजाने भन्ने को होला र, तर नेपाललाई पनि विकसित मुलुकहरु जस्तै बनाउने आदर्श बोकेर राजनीति गरेका लक्की शेर्पा जस्ता व्यक्तिहरुले नेपालको गरिवी, जातीय वर्गीय विभेदका र उत्पीडनको विरुद्धमा आन्दोलनका क्रममा बोल्ने गरेका राजनीतिक आदर्शहरु चहि रामकृष्ण ढकालको गीत जस्तो “ति त सब भन्ने कुरा न हुन” भने जस्तो गरी यतिमै विराम लगाउनु हुदैन ।

                            – शेर्पा बरिष्ठ पत्रकार एवं शेर्पा संघ यूरोपका महासचिवसमेत हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी