भ्रष्टचारको आरोपमा कनकमणी दीक्षित अख्तियारको नियन्त्रणमा

भ्रष्टचारको आरोपमा कनकमणी दीक्षित अख्तियारको नियन्त्रणमा

  • शुक्रबार, बैशाख १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौ ,१० वैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष समेत रहेका पत्रकार कनकमणी दीक्षितलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारबाट खटिएको प्रहरी टोलीले उहालाई आज अपराह्न ललितपुरको पाटनढोका बाट पक्राउ गरेको हो ।

गैरकानुनी सम्पति आर्जन गरेको र भ्रष्टाचार कसुर अभियोगको अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै उहालाई अकस्मात प्रहरीले नियन्त्रणमा लिएको हो ।

उहालाई अहिले अख्तियारको हिरासतमा लगिएको छ ।

दीक्षित माथि अख्तियारले केही अघिदेखि सम्पती छानबिन थालेको हो ।  अख्तियारले ब्यक्तिगत सम्पत्तिमा छानविन गर्न नमिल्ने भन्दै केही समयअघि उहा सर्वोच्च अदालतसम्म पुग्नु भएको थियो ।

निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले क्षेत्राधिकार भन्दा बाहिर गएर अनुसन्धान नगर्न अख्तियारलाई निर्देशन दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ