काठमाडौ ,१० वैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष समेत रहेका पत्रकार कनकमणी दीक्षितलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारबाट खटिएको प्रहरी टोलीले उहालाई आज अपराह्न ललितपुरको पाटनढोका बाट पक्राउ गरेको हो ।
गैरकानुनी सम्पति आर्जन गरेको र भ्रष्टाचार कसुर अभियोगको अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै उहालाई अकस्मात प्रहरीले नियन्त्रणमा लिएको हो ।
उहालाई अहिले अख्तियारको हिरासतमा लगिएको छ ।
दीक्षित माथि अख्तियारले केही अघिदेखि सम्पती छानबिन थालेको हो । अख्तियारले ब्यक्तिगत सम्पत्तिमा छानविन गर्न नमिल्ने भन्दै केही समयअघि उहा सर्वोच्च अदालतसम्म पुग्नु भएको थियो ।
निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले क्षेत्राधिकार भन्दा बाहिर गएर अनुसन्धान नगर्न अख्तियारलाई निर्देशन दिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
