धरानमा पानीको समस्या, समाधानको बाटोमा

धरानमा पानीको समस्या, समाधानको बाटोमा

  • बुधबार, बैशाख ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

सदा झै यस वर्ष पनि धरानवासीले पानीको हाहाकार भोग्न वाध्य भएका छन । दिन रात वती छैन, धारामा पानी छैन । माघ देखिनै खानेपानी सस्थानले दुई दिनमा १ घण्टामा पानी आउछ फारो गरेर चलाउनुहोस भनेर उर्दि गरेर आफनो जिम्मेवारी पन्छाएको छ । समाचारमा पानीको मुल नाला फुटेर लाखौ लिटर पानी खेर गएको पढनु पर्छ । धारामा पानी छैन तर मिटर फनफनी घुम्छ । पाहुनालाई चैत भरी नआउनु होला है पानी छैन भन्नु पर्छ । धरानउपमहानगर पालिकामा वसेको गर्व गर्ने जनताले यो भन्दा कन्त विजोग अरु के भोग्नु पर्ला ? तर पनि हामीलाई नया योजनाको पानी चाहिन्दैन , खानेपानी सस्थान विस्थापित गर्न पाईन्दैन भनेर मरेको सतिदेवीलाई जस्तो खानेपानी सस्थानलाई काघमा वोकेर हिडन खोज्ने केहि महादेवहरुको जमातको पनि यहा कमि छैन ?
खोलामा पानी वगिरहेछ पानी थाप्ने टंकि छैन । सडकमा नाला फुटि रहेछ जोडने प्राविधिक छैन । आखिर यो भताभुडे देशको लथालिडे चाला कहिले सम्म ? भन्ने प्रश्नको जवाफ नपाउदा यो पतmीकार सम्वन्ध एक गैर सरकारी सस्था सेड नेपालले विगत १३ वर्ष देखि धरानमा पानीको समस्या समाधान गर्ने एक सुत्रिय कार्यदिशा वोकेर अधि वडेको थियो । जसको फलस्वरुप धरानमा एशियाली विकाश वैेकको क्रण सहयोगमा नेपालकैै दोश्रो ठुलो खानेपानी परीयोजना ल्याउन सफल भएका छौ । जसले आगामि वर्ष देखि धरानका घरघरमा सातै दिन २४सै घण्टा शुद्द पानी खवाउने लक्ष्य लिएको छ । यस अर्थमा अवको ४ महिना पानीको अभाववाट कसरी पार पाउने भन्ने चिन्ता पनि छ भने चौविसै घण्टा धारामा पानी आउने त्यो सुनौलो दिनको तिव्र प्रतिक्षामा धराने जनता रम्न पनि थालेका छन ।
नया परीयोजना वारे भ्रमको खेती
घरमा नया दुलहि भित्रयाउदा दुवै पक्षमा कौतुहलता हुन स्वाभाविक हो । दुलहिलाई पनि त्यो घरको वातावरण कस्तो होला भन्ने खुलदुली चल्छ भने घरवालालाई पनि त्यो वुहारी कस्ता होलान भन्ने लाग्छ । त्यस्तै कुनै ठाउमा नया परीयोजना आउन लाग्दा त्यस माथि जनतामा वहस, विरोध र समर्थन चल्नु एउटा स्वभाविक प्रकृया मान्न सकिन्छ ।

पानीको अति नै आवश्यकता परेर परीयोजना आईनै सकेको अवस्थामा पनि त्यसको विरोधमा स्वर उरालि रहनु चाहि व्यतिगत स्वार्थ र विकृत मानसिकताले काम गरेको भनेर स्पष्ट वुझन सकिन्छ । किन भने असल नियतले गरीएको विरोधमा खवरदारी र अनुगमनमा जोड दिईन्छ , तर नियत खराव छ भने परीयोजना जतिनै जनताको हितमा भएता पनि त्यस्ता मानिसहरुले परीयोजना तुहाउने, रोक्ने मात्र प्रयास गर्छन । जसरी अरुण तेश्रो परीयोजना तुहाएको थियो । त्यस्तै धरानमा केहि मानिसहरुले नया परीयोजना आएर अन्तिम चरणको काम भईरहन्दा पनि यो पानी महगो हुन्छ , यो दिर्घकालिन हुदैन, क्रणमा डुविन्छ,खानेपानी सस्थानलाई विस्थापित गर्नु हुदैन भन्ने जस्ता सवाल उठाएर नारा जुलुस गर्नु कालो झण्डा गाडने गरेको पाईन्छ ।

उनीहरुको सवाललाई धरानका केहि पढेलेखेका वुद्धिजिवी, पत्रकार, वकिल, शिक्षकहरुले पनि पत्याएर हिडेको देिखनुचाहि चिन्ताको विषय मान्नु पर्छ । त्यसैले यो पतिmकार पनि धरान खानेपानी व्यवस्थापन समितिको सदस्य भएको नाताले. स्पष्ट पार्न जरुरी सम्झिएर यो लेख लेख्न आवश्यक ठानेको छ । यति वेला हामीलाई पानीको मुल्य भन्दा पानीको आवश्यकता वढि छ । अव पनि भनिरहनु पर्दैन कि पानीको अभावले धरानको उधोग व्यापार व्यवसाय र जनताको स्वास्थ्यमा कतिको प्रतिकुल असर परीरहेको छ भनेर ।
न्युनतम एकसय पचास शुल्क तिरेर पनि मनग्य पानी नपाउदा जारको पानी र टयाकरवाट पानी किनेर अतिरीतm व्ययभार भोगिरहेका छौ । यस्तो विषम परीस्थितिमा नया परीयोजनाले न्युनतम दुईसय पचास शुल्क लिएर चौविसै घण्टा शुद्द सफा पानी दिन्छ भने त्यसमा पनि गलवाजी गर्नुकतिको उचित हुन्छ त्यो नगरवासीले खुटयाउने कुरा हो । जहा सम्म अल्पकाल र दिर्घ कालको कुरा छ, प्रकृतिले हामीलाई जमिनको सतह माथी र सतह मुनिवाट पानी उपलव्ध गराउदै आएको छ । सो पानीलाई भौतिक साधनको प्रयोग गरी जसरी पनि प्रयोग गर्न सक्छौ ।

र जलाधार क्षेत्रको सरक्षणमा ध्यान दिन सकेको खण्डमा पानीको मुहान दिर्धकाल सम्म सुक्दैेन भन्न्ो कुरा २५ वर्ष देखि खानेपानी सस्थानले प्रयोग गर्दै गरेको जमिन मुनिको पानीको सतह एक ईन्च पनि नघटे वाट स्पष्ट हुदेैनर ? जहा सम्म क्रणको चिन्ता छ ,लगानी कर्ताले आम्दानीको भरपदार््े श्रोतको ग्यारेण्टी नहुन्जेल सम्म लगानी गर्दैन । त्यस्तै धरानमा पनि पानीको आवश्यकता र आम्दानीको राम्रो भविष्य देखेको हुनाले एशियाली विकाश वैक र सरकारले ठुलो धनराशी को सहयोग प्रदान गरेको छ । पानी भनेको नगद व्यापार हो ।

   हाल धरानमा पानीको आपुर्तिको जिम्मेवारी लिएको नेपाल खानेपानी सस्थानले , पानी सकलन र वितरणमा राम्रो व्यवस्थापन गर्न सकेको छैन । पानीको व्यापक चुुुहावट छ । आर्थिक अनियमितता त्यतिकै हुदा पनि वार्षिक ७ करोडको कारोवार गरेर झण्डै २ करोड खुद नाफा केन्द्रमा पठाउने गरेको छ । अव शुरु हुने नया परीयोजनाले त अहिलेको भन्दा दोव्वर वढि पानी संकलन गरी वितरण गर्ने छ ।

 ग्राहक सख्या अहिलेको भन्दा दोव्वर हुनेछ । डिजिटल प्रणालीवाट पानीको अनुगमन हुनेछ । नया पाईपलाईन विस्तार हुने भए वाट चुहावट रोकिने छ । अनावश्यक प्रशासन खर्च रोकिने छ । सवै भन्दा महत्वपुण कुरा त अवको पानीको सवै व्यवस्थापन धराने जनताकै प्रतिनिधी मुलक स्वतन्त्र सस्था धरान खानेपानी व्यवस्थापन वोर्डले गर्नेछ । पानी वाट उठेको एक रुपैया पनि काठमाण्डौ पठाउनु पर्ने छैन ।

   वरु जति आम्दानी हुन्छ केहि वर्ष क्रण तिर्न र वाकि रहेको रकमले विष्णुपादुका पचकन्या ,वराह क्षेत्र जस्तो धरानको नया वार्डहरुमा शुद्द पानीका योजनाहरु र जलाधार सरक्षणका काममा लगाउन सकिने छ । त्यसैले यो परीयोजनाले धराने जनतालाई क्रण वोकाउने होईन वरु धरानको विकाशको मेरुदण्ड मानिने पानीका योजनाका लागी एक भरपर्दो स्थायि श्रोत हुने पक्का छ ।
प्रतिकुलतामा पनि अनुकुलताको खोजी
धरानवासीले पानी को संकट भोग्दै आएको धेरै वर्ष भई सकेको छ । तर पानीको आपुर्तिको ठेक्का लिएको खानेपानी सस्थान संग समस्या समाधान गर्ने अहिले सम्म नकुनै योजना थियो न वजेट नै । यदि खानेपानी सस्थानकै भर गरेर वस्ने हो भने धरानवासीले कुम्लोकुटुरो वोकेर वसाई सर्नुको विकल्प थिएन । सौेभाग्यवास नया परीयोजना समयमै आएर आफनो काम तिव्रताको साथ अधि वढाएको छ । २०१२मा शुरु भई २०१७ सम्ममा सम्पन्न गर्नु पर्ने परीयोजनाको अन्तीम वर्ष महाभुकम्प र भारतीय नाकावन्दीले ठुलो असर पार्यो ।

यधपी परीयोजनाको ठेकदार कम्पनीले देशको प्रतिकुल परीस्थितिमा पनि काम नरोकि गरीएको हुनाले हाल १५ प्रतिशत काम सम्पन्न भई सकेको छ । भोैतिक निर्माणका काम हरुको साथै खानेपानी सस्थान सग कर्मचारी र सम्पती हस्तान्तरणको प्रक्रिया अधि वढेको छ । सस्थानले दिएको सेवा सुविधालाई कटौती नगरी राख्छ भने हामी जता पनि जान तयार छौ भनि सस्थानका कर्मचारीहरुले व्यतm गर्न थाल्नु भएको कुराले अव समस्या सहजता तिर जाने संकेत मिलेको छ । यस भन्दा अधि यस्तै परीयोजना आउदा हेटौढा र चितवनमा सस्थानका कर्मचारीले छोडन नमान्दा स्थानिय उपभोक्तामा  र कर्मचारी वीच ठुलै झगडा भएको तितो अनुभव छ । तर धरानमा खानेपानी व्यवस्थापन समितिको सुझवुझपुर्ण व्यवहारको कारण त्यो समस्या आउन वाट टर्दै गएको छ ।

सस्थानका कर्मचारीहरुवाट पनि सहयोगको हात अधि वढन थालेको छ । सम्भवत केहि महिना भित्रै सस्थानको कर्मचारी र सम्पती हस्तान्तरणको प्रकृया सम्पन्न भई सक्ने छ । अहिले प्राय सवै वडामा भौतिक निर्माणका काम तिव्र गतिमा भई रहेको छ । यस्तो अवस्थामा स्थानियवासीहरुले परियोजनाको काम कार्वाहिमा विशेष निगरानी , चासो राख्न आवश्यक छ । काममा कुनै कैफियत भएमा तुरन्त सम्वन्धीत व्यति वा निकायमा जानकारी, उजुरी गर्नु सचेत उपभोक्ताहरुको परम कर्तव्य हो । जति चाडो योजना सकियो त्यतिनै छिटो हाम्रो घरको धारामा शुद्द पानी आउन थाल्ने भएकोले सवैले योजना सफल पार्न सचेत हुन आवश्यक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी