काठमाडौं, ७ बैशाख । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पदोन्नती भएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
अधिकृतहरु २०७१ साल साउन २९ गतेदेखि लागू हुने गरी प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनु भएको हो ।
बढुवा भएकामा यादव अधिकारी, पर्शुराम खत्री, विश्वराज सिंह शाही र सुशीलबर सिंह थापा रहनु भएको छ । उनीहरुलाई मन्त्रीपरिषद्को बैठकले चैत्र २६ गते बढुवा गरेको थियो ।
दज्र्यानी चिन्ह प्रदान समारोहमा प्रहरी महानिरीक्षक अर्यालले पदोन्ती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै संगठनको गरिमा उचो हुने किसिमबाट रचनात्मक काम गर्नुपर्ने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


