शैक्षिक वर्षको सूरुवातसँगै जुहारी सुरु

शैक्षिक वर्षको सूरुवातसँगै जुहारी सुरु

  • मङ्लबार, बैशाख ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

भक्तपुर, बैशाख ७ गते । नयाँ शैक्षिक वर्षको सूरुवातसँगै सरोकारवालाहरुबीच समन्वय हुन नसक्दा जुहारी चलेको छ ।
रफत सञ्चार क्लबले आज गरेको साक्षतकार कार्यक्रममा बोल्दै अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सरकार र निजि बिद्यालयको मिलेमत्तोमा आर्थिक लुट मच्चाएको आरोप लगाउनु भएको छ । उहाँले सरकारले निर्देशिका लागू गरेको जस्तो गर्ने र निजि बिद्यालयले त्यसलाई लागू नगर्ने काम हँुदा दुबिधा श्रृजना भएको बताउनु भयो ।

एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले सरकारले जारी गरेको निर्देशिका नियमवाली बिपरित रहेको भन्दै एक प्रतिशत निजि बिद्यालयको गल्तीलाई हेर्दै ९९ प्रतिशत बिद्यालयलाई समेत मुछेर गर्ने निर्णय गलत भएको बताउनु भयो ।

उहाँले निजि बिद्यालयले जथाभाबी रुपमा शुल्क लिने गरेको भनाई गलत भएको र निजि बिद्यालयहरुलाई आरोप लाउने काम मात्र भएको टिप्पणी गर्नु भयो । सरकारले निजि बिद्यालयले गलत काम गरेको भए कारवाहि गर्नु पर्ने भन्दै त्यसको दोष एनप्याब्सन र प्याब्सनलाई लगाउनु गलत भएको बताउनु भयो ।
प्याब्सनका अध्यक्ष लक्ष्य बहादुर केसीले नयाँ शैक्षिक वर्षसँगै शुल्क निर्धारणको बिषयले जोड पाउने भएता पनि सदैव दुबिधा श्रृजना गर्ने भएकाले बैज्ञानिक पद्धतीलाई अवलम्वन गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले भुकम्प पश्चात सरकारले निजि बिद्यालयका भवन निमार्णमा कुनै किसिमको सहयोगी भूमिका खेल्न नसकेको र निजि बिद्यालय बन्द गराउने तर्फ अग्रसर बनेको आरोप लगाउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी