५ चैत्र, ताप्लेजुङ / ताप्लेजुङको चाँगे गाविसको चाँगे उच्चमाविलगायतविभिन्न ३ स्थानमाशनिबार कार्यक्रम गरी चाँगे धर्तीआमाकोष संस्थाताप्लेजुङले २६५ जना६५ वर्षभन्दामाथिकाजेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
सीताआङबुहाङअध्यक्ष रहेको संस्थाले गत सालदेखि चाँगेमाशुरु गरेको सम्मानकार्यक्रमले यस वर्ष पनिनिरन्तरतापाएको हो । गत साल बृद्धाहरूलाई मात्र सम्मानगरिएकोमा यस वर्ष बृद्धलाई पनिसम्मान गरेको छ । सम्मानित सबै जेष्ठ नागरिकको मुहारमाखुशी छाएको थियो ।
शनिबार सम्पन्न जेष्ठ नागरिक अभिनन्दनकार्यक्रममाचाँगे उच्चमाविमामात्रसबैभन्दा जेष्ठ पुरुषजसबहादुर भूजेल (९३) सहित६० र जेष्ठ महिलातुलसादेवीनिरौला (८४) सहित ४९ गरी कुल १०९ जनाले सम्मानपाएकाथिए । बाँकी १५६ जनाले विभिन्न केन्द्रबाट गरीकुल २६५ जना सम्मानितभएकाहुन् ।
सम्मानगरिने खबरले चाँगे गाविसका सम्पूर्ण जेष्ठ नागरिकलाई उत्साहितबनाएको थियो । शनिबार बिहान सात बजेदेखि नै सम्मान केन्द्रमा जेष्ठ नागरिकको अगमन शुरु भएको थियो । प्रत्येक जेष्ठ पुरुषनागरिकलाई एक थान ढाकाको गलबन्दी र जेष्ठ महिलानागरिकलाई तीनखोले खास्टो ओढाई चियापान सहित सम्मानगरिएको हो ।
सम्मानित जेष्ठ नागरिकले यस्तो सम्मानले निरन्तरतापाउने, आफूहरुको चाड जस्तै बनेको, सबै साथीसँगभेटघाटभएकोले रमाईलो भएको अनुभव सूनाए । यस किसिमको सम्मानले सम्पूर्ण आमा, बुबालाई खुशीबनाउने र चाँगेमामात्रनभएर सबै ठाउँमा कार्यक्रमबिस्तार गर्दा राम्रो हुने आशा सहितचाँगे धर्तीआमाकोष संस्थालाई धन्यबाद दिए ।

