ताप्लेजुङमा २ सय ६५ जेष्ठ नागरिक सम्मानित

ताप्लेजुङमा २ सय ६५ जेष्ठ नागरिक सम्मानित

  • आइतवार, बैशाख ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

५ चैत्र, ताप्लेजुङ / ताप्लेजुङको चाँगे गाविसको चाँगे उच्चमाविलगायतविभिन्न ३ स्थानमाशनिबार कार्यक्रम गरी चाँगे धर्तीआमाकोष संस्थाताप्लेजुङले २६५ जना६५ वर्षभन्दामाथिकाजेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
सीताआङबुहाङअध्यक्ष रहेको संस्थाले गत सालदेखि चाँगेमाशुरु गरेको सम्मानकार्यक्रमले यस वर्ष पनिनिरन्तरतापाएको हो । गत साल बृद्धाहरूलाई मात्र सम्मानगरिएकोमा यस वर्ष बृद्धलाई पनिसम्मान गरेको छ । सम्मानित सबै जेष्ठ नागरिकको मुहारमाखुशी छाएको थियो ।

शनिबार सम्पन्न जेष्ठ नागरिक अभिनन्दनकार्यक्रममाचाँगे उच्चमाविमामात्रसबैभन्दा जेष्ठ पुरुषजसबहादुर भूजेल (९३) सहित६० र जेष्ठ महिलातुलसादेवीनिरौला (८४) सहित ४९ गरी कुल १०९ जनाले सम्मानपाएकाथिए । बाँकी १५६ जनाले विभिन्न केन्द्रबाट गरीकुल २६५ जना सम्मानितभएकाहुन् ।
सम्मानगरिने खबरले चाँगे गाविसका सम्पूर्ण जेष्ठ नागरिकलाई उत्साहितबनाएको थियो । शनिबार बिहान सात बजेदेखि नै सम्मान केन्द्रमा जेष्ठ नागरिकको अगमन शुरु भएको थियो । प्रत्येक जेष्ठ पुरुषनागरिकलाई एक थान ढाकाको गलबन्दी र जेष्ठ महिलानागरिकलाई तीनखोले खास्टो ओढाई चियापान सहित सम्मानगरिएको हो ।

सम्मानित जेष्ठ नागरिकले यस्तो सम्मानले निरन्तरतापाउने, आफूहरुको चाड जस्तै बनेको, सबै साथीसँगभेटघाटभएकोले रमाईलो भएको अनुभव सूनाए । यस किसिमको सम्मानले सम्पूर्ण आमा, बुबालाई खुशीबनाउने र चाँगेमामात्रनभएर सबै ठाउँमा कार्यक्रमबिस्तार गर्दा राम्रो हुने आशा सहितचाँगे धर्तीआमाकोष संस्थालाई धन्यबाद दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी