संयुक्त उद्योग व्यापार यातायात महासंघको ५१ सदस्यीय नयाँ कार्यसमिति चयन

संयुक्त उद्योग व्यापार यातायात महासंघको ५१ सदस्यीय नयाँ कार्यसमिति चयन

  • शुक्रबार, बैशाख ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाण्डौ ,३ वैशाख ।

विप्लब नेतृत्वको नेकपा माओवादी सम्बद्ध संयुत्त उद्योग व्यापार यातायात महासंघको केन्द्रिय राष्ट्रिय भेलाले युवराज पराजुलिको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

एकिकृत औद्योगिक विकासका लागी सँपुर्ण उद्योगी व्यावसायी मजदुर किसान एक होउँ भन्ने मुल नाका साथ आज भत्तपुरमा सम्पन्न भेलाले पछि थप गर्ने सहमती सहित हाललाई अध्यक्ष सहित ३८ जनाको केन्द्रिय समिति चयन गरेको छ ।

भेलाका प्रमुख अथिति नेकपा माओवादीका स्थाई समिति सदस्य धर्मेन्द्र वास्तोलाले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै सबै मजदुर तथा व्यावसायीको हक हितका लागी महासंघलाई निरन्तर लाग्न आग्रह गर्नुभएको छ ।

यस्तै, पार्टीका जवस मोर्चा फ्याक्सन ईन्चार्ज मोहन कार्की जिवन्तले पनि नयाँ नेतृत्वलाई बधाई दिदै मुलुकमा स्वदेशी उद्योग ब्यावसाय धरापमा परेको भन्दै त्यसलाई माथि उठाउन बिदेशी लगानी भित्र्याउने तर विदेशी व्यावसायीको राज्यले निगरानी रउ चित कानुन बनाउन सक्नुपर्ने बताउनु भयो ।

भेलामा भत्तपुर जिल्ला सेक्रेटरी आजाद केसी , हरि क्षेत्र , भत्तपुर जवस मोर्चा ईन्चार्ज कुशल बोगटी लगायतको उपस्थीति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ