दोलालघाट बृहत पर्यटन मेला सम्पन्न

दोलालघाट बृहत पर्यटन मेला सम्पन्न

  • शुक्रबार, बैशाख ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 18.3K
    SHARES

३ बैशाख, काठमाडौं । “हाम्रो मान, हाम्रो शान, हाम्रो गौरव–दोलालघाट” नाराका साथ सुरु भएको दोलालघाट बृहत पर्यटन मेला, २०७३ भव्य रुपमा सम्पन्न भएको छ ।

दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्रले नव वर्ष २०७३ को अवसरमा सो मेलाको आयोजना गरेको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाटस्थित ईन्द्रावती नदीको बगरमा सम्पन्न सो मेला उद्घाटन समारोहमा बोल्दै काभ्रेपलाञ्चोक जिल्लाका सांसद विदुर सापकोटाले प्रकृतिले श्रृगारेको दोलालघाटलाई भौतिक विकास मार्फत आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

दोलालघाट क्षेत्रको पर्यटकीय विकास मार्फत त्यस क्षेत्रका बासिन्दाहरुको आर्थिक अवस्था उकास्न सकिने बताउँदै सांसद सापकोटाले दोलालघाटको पर्यटन पुर्वाधार विकासका लागि सांसद विकास कोष मार्फत १७ लाख रुपैया विनियोजन गरेको जानकारी समेत गराउनु भयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्रका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठले केन्द्रले दोलालघाट र सो आसपासको क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थापना कालदेखि नै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको बताउनु भयो ।

साथै श्रेष्ठले संविधान निर्माण पश्चात मुलुक आर्थिक क्रान्ति तर्फ उन्मुख भएको हुँदा दोलालघाट र सो आसपासका क्षेत्रको पर्यटन प्रबद्र्धन मार्फत मुलुकको आर्थिक विकासमा योगदान पुर्याउन आफुहरु लागि परेको बताउनुभयो ।

साथै अध्यक्ष श्रेष्ठले चीन, भारत, जापान, कोरिया जस्ता मित्रदेशहरुका लगानी कर्ताहरुलाई लगानी को लागि आकर्षित गर्दै निजि क्षेत्रको समेत सहभागीतामा प्रकृतीले सजाएको सुन्दर दोलालघाटलाई आधुनिक निर्माणले सजाउने तर्फ ध्यान केन्द्रित गर्ने समय आएको समेत बताउनु भयो ।

चैत्र ३० देखि बैशाख १ गते सम्म सञ्चालित दुई दिने सो मेलामा विच भलिवल, राफ्टिंग, डुंगा सयर, नाईट क्याम्पिंग, स्वास्थ्य शिविर, झाँक्री नाच, लोक भजन का साथै विभिन्न बैन्डका साँगितिक प्रस्तुतीहरु रहेका थिए ।

मेलामा काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, भूम्लुटार, सापिङ, फलाँटे, ज्याम्दी, सल्ले, चौबास, तिमाल, पलाञ्चोक, बेगसिम्ले, सिम्थली, नाग्रे, माझफेरा, मादनकुडारी, कोशीदेखा, कोलाँती आदि गा.वि.स तथा क्षेत्र, सिन्धुपाल्चोक जिल्लाका साँगाचोक, ठूलोसिरुवारी, बारविसे, तातोपानी, चौतारा, ठूलोपाखर, सुकुटे, लामासाँघु आदि गा.वि.स तथा बजार क्षेत्रका झण्डै ३० हजारको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ