बैशाख २ काठमाण्डौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा विहीबारदेखि सुरु भएको छ ।जमलस्थित तीनधारा पाठशालाअगाडि रथारोहण गराएपछि नौतले रथयात्रा सुरु भएको हो ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन जनबहालबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा ल्याएर रथारोहण गराउने गरिन्छ । जात्राको पहिलो दिन रथलाई रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म र्पुयाइन्छ ।
चार लोकेश्वोर मध्ये काठमाडौँ को पद्मपानी लोकेश्वोर सेतो मच्छेन्द्र नाथ रथ जात्रा तीनधारा जमल तानी आजबाट सुरु भई ३ दिन पछि लाजन टोल पुगी समापन हुनेछ ।
वर्षा र सहकाल को देवता रातो मच्छेन्द्र नाथ भए जस्तै सेतो मच्छेन्द्र नाथ लाई रोग ब्याधि निभारण को देवता को रुपमा मान्ने जनविश्वास रही आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
