चैत्र ३० काठमाण्डौं । नयाँ वर्ष २०७३ सालको उपलक्ष बराहा ज्वेलरी ईन्डस्ट्रिज प्रालिले आफ्ना कर्मचारी ,ग्राहक तथा शुभचिन्तकलाई शुभकामना व्यक्त गरेको छ ।
राजधानीको र्याडिसन होटलमा बिशेष शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी बराहा ज्वेलरी ईन्डस्ट्रिज प्रालिले रात्रि भोजको समेत आयोजना गरेको थियो ।
कार्यक्रममा वाणिज्य विभागका महानिर्देशक शम्भु कोईराला , संविधान विद् डा भिमार्जुन आचार्य , बराह ज्वेलरी ईन्डस्ट्रीजका अध्यक्ष शिव कुमार लामिछाने, बरान ज्वेलरी ईन्डस्ट्रीजका कम्पनी सचिव भोजराज लामगादे, प्रशासन अधिकृत पाभेल उदास ,,संचारकर्मी भरत शाक्य लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बराह ज्वेलरीको बारेमा डकुमेन्ट्री देखाईएको थियो भने बेलायत र हङकङमा रहेका सम्पर्क कार्यलय तथा धरान र पोखरा शाखाको बारेमा समेत अवगत गराउनुका साथै सो डकुमेन्ट्रीमार्फत नै सम्पर्क कार्यलय र शाखा प्रमुखहरुले दिएको शुभकामना पनि पस्तुत गरिएको थियो ।
साथै कृपा दृष्टि डिजिटल स्टुडियोको बिषयमा चर्चा गरिएको थियो । यो नेपालमा भएका स्टुडियोहरु भन्दा फरक अन्तराष्ट्रिय स्टुडियो रहेको यसका अध्यक्ष शिब कुमार लामिछानेले जानकारी दिनु भयो ।
कम्पनी अध्यक्ष लामिछानेले ग्राहकको मायाका कारण नै जस्तो सुकै चूनौती आए पनि बराह ज्वेलरी अघि बढीरहेको भन्दै स्देशमा छरिएर रहेको पूजी र युवा शक्तिलाई समेटेर मुलुकको आर्थिक उन्नतिमा टेवा पुर्याईरहेको बताउनु भयो ।
सो अवसरमा कृपा डिडिजल स्टुडियोका प्रवन्ध निर्देशक पाभेल उदासले अनुप्रकाशलाई जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो ।
बराह ज्वेलरीले ३ सय ५० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल रहेको धरान शाखा प्रमुख मान बहादुर बिकले जानकारी दिनु भयो ।
बराहा ज्वलरी ईन्डष्ट्रिज प्रा.लि.ले हाल धरान र चितवनमा पनि आफ्नै भवन निर्माण कार्य सुरु गरिसकेको छ ।



