नया वर्षको अबसरमा बराह ज्वेलरीको बिशेश शुभकामना कार्यक्रम

नया वर्षको अबसरमा बराह ज्वेलरीको बिशेश शुभकामना कार्यक्रम

  • बुधबार, बैशाख १, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

चैत्र ३० काठमाण्डौं ।  नयाँ वर्ष २०७३ सालको उपलक्ष बराहा ज्वेलरी ईन्डस्ट्रिज प्रालिले आफ्ना कर्मचारी ,ग्राहक तथा शुभचिन्तकलाई शुभकामना व्यक्त गरेको छ ।
राजधानीको र्याडिसन होटलमा बिशेष शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी बराहा ज्वेलरी ईन्डस्ट्रिज प्रालिले रात्रि भोजको समेत आयोजना गरेको थियो ।

कार्यक्रममा वाणिज्य विभागका महानिर्देशक शम्भु कोईराला , संविधान विद् डा भिमार्जुन आचार्य , बराह ज्वेलरी ईन्डस्ट्रीजका अध्यक्ष शिव कुमार लामिछाने, बरान ज्वेलरी ईन्डस्ट्रीजका कम्पनी सचिव भोजराज लामगादे, प्रशासन अधिकृत पाभेल उदास ,,संचारकर्मी भरत शाक्य लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बराह ज्वेलरीको बारेमा डकुमेन्ट्री देखाईएको थियो भने बेलायत र हङकङमा रहेका सम्पर्क कार्यलय तथा धरान र पोखरा शाखाको बारेमा समेत अवगत गराउनुका साथै सो डकुमेन्ट्रीमार्फत नै सम्पर्क कार्यलय र शाखा प्रमुखहरुले दिएको शुभकामना पनि पस्तुत गरिएको थियो ।  

साथै कृपा दृष्टि डिजिटल स्टुडियोको बिषयमा चर्चा गरिएको थियो ।  यो नेपालमा भएका स्टुडियोहरु भन्दा फरक अन्तराष्ट्रिय स्टुडियो रहेको यसका अध्यक्ष शिब कुमार लामिछानेले जानकारी दिनु भयो ।

कम्पनी अध्यक्ष लामिछानेले ग्राहकको मायाका कारण नै जस्तो सुकै चूनौती आए पनि बराह ज्वेलरी अघि बढीरहेको भन्दै स्देशमा छरिएर रहेको पूजी र युवा शक्तिलाई समेटेर मुलुकको आर्थिक उन्नतिमा टेवा पुर्याईरहेको बताउनु भयो ।

सो अवसरमा कृपा डिडिजल स्टुडियोका प्रवन्ध निर्देशक पाभेल उदासले अनुप्रकाशलाई जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो ।

बराह ज्वेलरीले ३ सय ५० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल रहेको धरान शाखा प्रमुख मान बहादुर बिकले जानकारी दिनु भयो ।

बराहा ज्वलरी ईन्डष्ट्रिज प्रा.लि.ले हाल धरान र चितवनमा पनि आफ्नै भवन निर्माण कार्य सुरु गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी