बैशाख १ २०७३ । उदीयमान कलाकारद्धय छेवाङ लामा ङेसुर र बालदिप दोङको सयुक्त प्रस्तुती टुगेदर एल्वम बुधबार बिमोचन गरिएको छ ।
फरक शैलीमा रेडियो मिर्मिरे ८९.४ मेगाहर्जमा प्रत्यक्ष प्रशारणको माध्यमबाट बिमोचन गरिएको हो ।
कलाकार मनोज साङसोन र मणि ताम्लिङको उपस्थितिमा तथा गायिका तथा आरजे कला किरातीको सञ्चालमा उक्त एल्वम बिमोचन गरिएको हो ।
अतिथि कलाकार मनोज सानसोङले एल्वम निकै उत्कृष्ट रहेको भन्दै सफल हुने शुभकामना तथा बधाई दिनु भयो ।
अति लोकप्रिय सेलो संगीतले भरिएको सिरीरी बतास चल्यो, माथि त बारा तिमालमा जस्ता पाच वटा गीतहरु समावेश रहेका छन् ।
यो एल्वम ओपेरा ईन्टरटेनमेन्टले प्रा.लि. ले बजारमा ल्याएको हो ।
यो एल्वमका गीतहरु उत्कृष्ट एवं सफल हुनेमा कलाकारद्धय छेवाङ लामा ङेसुर र बालदिप दोङ आशावादी रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline