सांस्कृतिक संघद्धारा बिभिन्न क्षेत्रमा योगदान पुयाउने व्यत्तित्वको सम्मान(फोटो फिचर)

सांस्कृतिक संघद्धारा बिभिन्न क्षेत्रमा योगदान पुयाउने व्यत्तित्वको सम्मान(फोटो फिचर)

  • बुधबार, बैशाख १, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

काठमाण्डौ ,३० चैत ।
नेपाल सांस्कृतिक संघले बिभिन्न क्षेत्रबाट योगदान पुर्याउने ब्यत्तित्वहरुलाई सम्मान गरिएको छ  । संघको ६६ औँ वार्षिकोत्सवको अवसरमा आफ्नै सभाहलमा मंगलवार एक कार्यक्रमको आयोजना गरि साहित्यीक ,सास्कृतिक तथा अन्य बिबिध क्षेत्रमा योगदान पुर्याउने ब्यत्तित्वहरुलाई सम्मान गरेको हो ।

साहित्यीक क्षेत्रमा योगदान पुयाउने कवि ,समाजसेवी एवम् उद्योगपति बसन्तकुमार चौधरी ,साहित्यकार श्रीमती रमा शर्मा ,शिक्षक तथा साहित्यकार,सम्पादक मोहन दुलाल ,अभिनय क्षेत्रमा योगदान पुयाउने वरिष्ठ नृत्यकार एवम् रंगकर्मी भैरव बहादुर थापालाई दश हजार नगद र कदरपत्र सम्मान गरिएको थियो ।
यसैगरी , डिल्लीराज उप्रेति  स्मृति पुरस्कारबाट ईतिहास विद् प्रा. दिनेशराज पन्त ,शैलेन्द्रनाथ रिमाल स्मृति पुरस्कारबाट वरिष्ठ संस्केति बिद् एवम मदन पुरस्कार विजेता सत्यमोहन जोशी , शंकरदेव पन्त स्मृति पुस्कारबाट नेपालका प्रथम प्राणी शास्त्री प्राध्यापक प्रा. द्धिजराज उप्रेती ,पुष्कर नाथ उप्रती स्मृति पुरस्कारबाट वरिष्ठ पत्रकार एवम. साहित्यकार मदनमणी दीक्षित सम्मानीत भएका छन् ।

चन्द्रधर उप्रेती स्मृति पुरस्कार पूर्वन्यायधिस् एवम् कानुनविद् लीलाप्रसाद गीरीले पाएका छन् । भने प्रथम फ्रन्च भाषी महिला गाईड श्रीमती भगवती उप्रेती कल्पना सापकोटा स्मृति पुरस्कारबाट तथा राजनितिक ईतिहास बीद् प्रा.डा. सुरेन्द्र के.सी. डा. त्रैलोक्य नाथ उप्रेती स्मृति पुरस्कारबाट सम्मानित भएका छन् ।

डा. यादव प्र. पन्त स्मृति पुरस्कार अर्थबिद् डा.मीना आचार्य ,डा. सिद्धिमणी दीक्षित स्मृति पुरस्कार वरिष्ठ हृदयरोगविद् डा भगवान कोईरालाल ,रसिलो अनार पुरस्कार अर्थविद् बैंकर राधेश पन्त ,मनिषा रेग्मी स्मृति पुरस्कार श्रीमती लक्ष्मी गिरी र रेवन्त कुमारी आचार्य स्मृति पुरस्कार सिंएनंएन हिरो पुष्पा बस्नेतले प्राप्त गरेका छन् । उनिहरुको पनि पुरस्कार राशि दश हजार नै रहेको छ ।

यसैगरी कालिकास्थानमाको कालिका मन्दिर पुननिर्माण कार्यमा योगदान पुयाउने पूर्व सचिव शितलबाबु रेग्मी , बैंकर गोविन्द प्रसाद शर्मा रेग्मी ,निर्माण व्यावसायी भक्तबहादुर वस्नेत तथा निर्माणकर्मी श्रीधर प्रजापतीलाई पनि सम्मान गर्दै कदरपत्र प्रदान गरिएको थियो ।

यस्तै संघले राष्ट्रकवि माधव घिमिरेलाई मायाको चिनो प्रदान गरेको थियो । सोहि कार्यक्रममा मदनमणी दिक्षीतद्धारा लिखित ३८ औ पुस्तक जय पराजयको विमोचन पनि गरिएको थियो । २००७ सालमा स्थापना भएको सांस्केतिक संघले आफ्नो वाािषर््कउत्सवको अवसरमा प्रत्येक बर्ष बिभिन्न ब्यत्तित्वहरुलाई सम्मान गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी