नारी दिवस, नीति र व्यवहार

नारी दिवस, नीति र व्यवहार

  • आइतवार, चैत्र २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

भाग्य र श्रीमतीले साथ दिएको पुरुष नै सफल हुन्छ एउटा सवारी साधनमा लेखिएको साहित्यिक पङ्क्तिकोे प्रसङ्ग हो यो । यो पङ्क्तिलाई विश्लेषण गर्ने हो भने, जीवनमा पुरुष मात्र सफल हुनुपर्छ र उसको सफलता र असफलताको दायित्व महिलाले लिनुपर्छ भन्ने पुरुष मनोविज्ञानको अनुभुति हुन्छ तर समाजको एउटा हिस्सा महिलाहरूको सफलतामा पुरुषको भूमिका रहन्छ वा रहँदैन, महिला सफल हुनुको अर्थ स्वयं पुरुष पनि सफल हुनु हो वा होइन सो विषयमा मौन बनेको छ हाम्रो समाज तर बुझ्नै पर्ने वास्तविकता महिला र पुरुषले सफल जीवनका लागि एक अर्काको परिपुरक बन्नैपर्छ ।

प्रसङ्ग अन्तर्राष्ट्रिय नारी दिवसको हो । ‘प्लानेट फिप्टी फिप्टी बाई २०३०ः फर जेन्डर इक्वालिटी’ को नारा सहित यो वर्ष अन्तर्राष्ट्रिय नारी दिवस समस्त विश्व र नेपालमा पनि मनाइदै छ । सन् १८५७ को मार्च ८ मा अमेरिकाको न्यूयोर्कमा पुरुष सरह समान ज्यालादर र कार्यस्थलमा काम गर्ने उन्नत वातावरणको माग गर्दै तयारी पोशाक उद्योगका श्रमिक महिलाहरूले आफ्ना अधिकार राज्यद्वारा सम्बोधन गराउन प्रदर्शन गरे ।

आफ्ना अधिकारप्रति सचेत महिलाहरूले ५१ वर्षपछि सन् १९०८ मार्च ८ मा सन् १८५७ को आन्दोलनप्रति समर्थन गर्दै न्यूयोर्कमा पुनः श्रमिक महिलाद्वारा प्रदर्शन भयो । महिला श्रमिकमाथिको विभेदविरुद्ध छेडिएको सो आन्दोलनमाथि फेरि प्रहरीले व्यापक दमन ग¥यो । अमेरिकामा श्रमिकहरूको सङ्घर्षको इतिहास लामो र उत्साहजनक छ तर महिलाको सहयोग र सर्मथमनमा भएका ती सङ्घर्ष महिलाका लागि खासै परिणाममुखी रहेनन् । महिलाका आवश्यकतालाई खासै महŒव नदिएका कारण महिला श्रमिक विभेदमा रहिरहे । क्रान्तिको बीजारोपण भइसकेको थियो ।

आन्दोलन र वकालती पहलहरूको शृङ्खलाले निरन्तरता लियो । समान ज्याला र काम गर्ने समयमा विवेकशीलता अपनाउन माग गरिएको आन्दोलन अन्ततः सन् १९१० देखि अन्तर्राष्ट्रिय नारी दिवस बन्नपुग्यो । तत्कालीन जर्मनका साम्यवादी सिद्धान्तका हस्ती क्लारा जेट्लीनले ८ मार्चलाई विश्व नारी दिवसका रूपमा मनाउन समस्त विश्वलाई आग्रह गरेकी थिइन । महिला अधिकारलाई संस्थागत गर्न तत्कालीन कट्टर साम्यवादी नेतृत्व लेनीनसँग बहस गर्ने जुझारु जेट्लीको समयमा समस्त युरोपका सरकारलाई चुनौती दिने नेतृका रूपमा चर्चित रहिन् ।

परिणाम अहिले विश्वमा ८ मार्चलाई नारी दिवसका रूपमा मात्र नभई समस्त मानव अधिकारको वकालती कदमका रूपमा विश्वले सम्मान गरेको छ । संयुक्त राष्ट्र सङ्घले महिला विकासलाई मानव विकासको आधार स्तम्भका रूपमा व्यख्या गरेको छ । नेपालको सन्र्दभमा राज्यले महिलालाई एकदिने सार्वजनिक विदाको प्रावधान, हप्ते कार्यक्रम वा गैरसरकारी संस्थाहरूले पाँचतारे होटलमा सेमिनार गोष्ठीमै सीमित गर्ने परम्पराले महिलाको अधिकार र विभेदरहित समाजको प्रत्याभुति दिनसक्छ वा सक्दैन यो आममहिलाको चासो र बहसको विषय हुनुपर्छ ।

संवैधानिक र कानुनी हिसाबले महिलालाई समान अधिकार र विभेदरहित समाजको प्रत्याभूति दिलाए पनि व्यवहारगत रूपमा महिलाका अधिकारको सम्बोधन गर्न कञ्जुस्याई भएको महसुस महिला जगतले गरेको छ । नेपालको संविधान २०७२ को धारा ३८ ले महिलाका हक र अधिकारलाई सुनिश्चित गरेको छ । जसमा महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हकदेखि महिलाविरुद्ध हुने धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा प्रचलन वा अन्य कुनै आभारमा शोषण नगरिने र गरिएमा पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति प्राप्त हुने प्रावधानलगायत सम्पत्ति तथा पारिवारिक मामिलामा समान हक हुन प्रत्याभूति सो संविधानले दिएको छ । यो ज्यादै सकारात्मक उपलब्धि हो ।

त्यस्तै नेपालको त्रिवर्षीय योजनाले दिगो शान्ति हाँसिल गर्न समावेशी तथा समन्यायिक विकासलाई जोड दिने रणनीति अन्तर्गत महिलाको जीवनस्तर उठाउन समन्यायिक विकास रणनीति अपनाउने रणनीति अपनाउने लक्ष्य लिएको छ । हालै सार्वजनिक एक तथ्याङ्कअनुसार सन् २०१५ मा महिला अधिकार हनन्का चार हजार ६४० घटना रहेका भए ।

जसमा १०३ हत्या, २५९ बलात्कार, १३५ बलात्कारका प्रयास ५१ बोक्सीको आरोपमा यातना, ६१ यौन हिंसा तथा दुई हजार ७०७ घरेलु हिंसाका घटनाले प्राथमिकता लिएको थियो । सन् २०१३ को तुलनामा यो सङ्ख्या करिब दोब्बर रहेको छ । यसले के देखाउँछ भने सैद्वान्तिक र नीतिगतरूपमा महिला अधिकार तथा महिला विकास तथा लैङ्गिक सन्तुलनका जतिसुकै वकालती पहल भए पनि व्यवहारमा महिलामाथि हुने हिंसा र विभेदमा खासै परिवर्तन आएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी