सिंहदरबारबाट आन्दोलनरत कर्मचारी पक्राउ

सिंहदरबारबाट आन्दोलनरत कर्मचारी पक्राउ

  • आइतवार, चैत्र २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

चैत्र २८ काठमाण्डौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट जनाउदै आन्दोलनमा उत्रिएका कर्मचारीहरुलाई आज प्रहरीले पक्राउ गरेको छ ।
सिंहदरबार भित्र आधिकारीक ट्रेड युनियनको कार्यलय अगाडी धर्नामा बसेका कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राष्ट्रसेवक कर्मचारी संगठनका अध्यक्ष शरण गुरुङ , रष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बीका धमला ,महासचिव प्रवास शाह , कोषाध्यक्ष सन्तोस झा , नेपाल राष्ट्रिय कर्मचारी संगठनका कार्यलय सचिव बिरेन्द्र वस्नेत रहेका छन् ।
यसै गरी सचिवालय सदस्य राजबाबु प्रसाई, सुरेस चपाई गणेश महर्जन, हरिसिंह भाट ,एकराज ढकाल लगायतका करिव २ सय जना जति पक्राउ परेको कर्मचारी संगठनहरुले जनाएका छन् ।
पक्राउ गरिएका कर्मचारीहरुलाई पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको छ ।
उनीहरुलाई पौने एक बजेतिर सिंहदरवार भित्रबाटै धर्ना स्थलबाट पक्राउ गरिएको हो ।
झडपका क्रममा केही कर्मचारी घाईते भएका छन् । आफुहरुको माग लिएर निर्वाचन अधिकृतलाई भेट्न जाने क्रममा नदिएपछि विरोध गर्दा पक्राउ गरिएको आन्दोलनरत चार वटा ट्रेड युनियनका सयुक्त प्रवक्ता प्रवाश शाहले जानकारी दिनु भयो ।

कर्मचारीहरुले अब ‘अन्तिम लडाईं’ लड्ने चेतावनी दिएका छन् ।
प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाको कार्यालय अगाडि आइतबार धर्ना र प्रदर्शन जारी राखेका कर्मचारीहरुले आजको आन्दोलन निर्णायक हुने दाबी गरेका थिए ।

आफूहरुसँग सल्लाह नै नगरी विधि र प्रक्रियाविपरीत ट्रेड युनियनको निर्वाचन प्रक्रिया अघि बढाइएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, मधेसी निजामति कर्मचारी मञ्च, राष्ट्रसेवक कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।
आउँदो वैशाख १० गते हुने निर्वाचन कार्यक्रमको तालिकाअनुसार सोमबार मनोनयन दर्ता हुँदैछ । तर, आइतबार कर्मचारीहरु सामान्य प्रशासन मन्त्रालय परिसरमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी