चैत्र २६ काठमाण्डौं । अस्मी श्रेष्ठ यसवर्षको मिस नेपाल घोषित भएकी छिन्। राजधानीको अन्नपूर्ण होटलमा आयोजित कार्यक्रमा उनले मिस नेपालको उपाधि जितेकी हुन्।
२२ वर्षिय अस्मी श्रेष्ले १८ प्रतियोगिलाई जितेकी हुन्। उनले उपाधीसँगै यामाहाको स्कुटर र एक लाख प्राप्त गर्नेछिन्। उनले मिस वल्र्डमा नेपालको प्रतिनिधित्व समेत गर्नेछिन् । उनले फ़ेस अफ क्यासिक डाइमण्ड २०१४को उपाधी जितेकी थिइन् ।
राष्टिय नेटबल खेलाडी उनले आठौं एशियन च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । ‘महिला आरक्षण दिनुपर्छ, पर्छ र केही समयलाई दिनुपर्छ ?,’ प्रश्नमा उनले उत्तर दिएकी थिएन्,’महिला आरक्षण चाहिदैन कारण २१ औं शताब्दीमा हामीले पहिलो महिला राष्ट्रपति र ३ सिएनएन हिरो पाईसकेका छौं।’
यस्तै मिस नेपाल अर्थ रोशनी खत्रीघोषित भइन् । उपाधीसँगै उनले ७५ हजार र फिलिपिन्स् एेयरलाईन्सको टिकट जितेकी थिएन्। उनले मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस नेपाल इन्टरनेशनलको उपाधी वर्षा लेखीले जितिन् । उपाधीसँगै उनले ५० हजार र नेपाल वायुसेवाको टिकट जितिन्। उनले मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
त्यस्तै विभिन्न विधा अन्तरगत बब्ली आयुष्मा श्रेष्ठ, फेन्डसिप अन्सु केसी, गाउन, फोटोजेनिक र इन्टेलेक्चुअल अस्मी श्रेष्ठ, फेसिनो र एथलेटिक आस्मा केसी, स्कलर र ब्युटीफूल स्किन प्रेरणा अधिकारी, कन्फिडेन्ड र पर्शन्यालिटी रोशनी खत्री, ट्यालेन्ट सृजना रेग्मी र ब्युटी विथ प्रपोज प्रतिमा दवाडीले जितिन् ।
त्यस्तै नम्रता श्रेष्ठ, रोशनी खत्री, अस्मी श्रेष्ठ र सृजना रेग्मी टप ५ मा छानिएका थिए।
यस वर्षको मिस नेपालमा पोखरा, चितवन, नेपालगञ्ज, धरान, विराटनगर र बुटवल लगायतबाट प्रतियोगीहरु छनोट भएका थिए। द हिडन ट्रेजरले आयोजनामा भएको मिस नेपालको यो २१ औं संस्करण हो ।
यसपटक प्रतियोगितामा आश्मा केसी, कृतिमा रिमाल, सञ्जग कट्टुवाल, सचिना श्रेष्ठ, जुवी जोशी, आयुष्मा श्रेष्ठ, रोशनी खत्री, सुनिया शर्मा, अन्सु केसी, कुसुम थापा मगर, अस्मी श्रेष्ठ, करुणा खड्का, अनिता कार्की, वर्षा लेखी, सन्दिपा लिम्बु, सृजना रेग्मी, प्रतिभा दवाडी, नम्रता श्रेष्ठ र प्रेरणा अधिकारीले सहभागिता जनाएका थिए। कोरियोग्राफर रचना गुरुङ शर्माले उनीहरुलाई प्रशिक्षण दिइकी थिइन्।