आज विश्व स्वास्थ्य दिवस

आज विश्व स्वास्थ्य दिवस

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

काठमाडौ २५ चैत्र । आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि विविध कार्यक्रमको आयेजना गरी मनाइदैछ । दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग तथा मातहतका निकायहरुले आज विविध कार्यक्रमको आयोजना गरेका छन् ।

दिवसको यस वर्षको नारा “मधुमेह रोकथाम गरौ, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौं” भन्ने तय गरिएको छ । विश्वमा मधुमेह रोगीको संख्य बढ्दो क्रममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसैबीच दिवसका अवसरमा शुभाकामना दिनु हुदै स्वास्थ्यमन्त्री रामजनम चौधरीले हाल नेपालमा पनि मधुमेह रोग दिनानु दिन बढ्दो क्रममा रहेको बताउनु भयो ।

परिवर्तित जीवन शैली, अस्वस्थकर खानपिन, धुम्रपान र मदिरापान तथा कम शारिरीक परिश्रमका कारण मधुमेह रोग बढ्दै गएको भन्दै यसको नियन्त्रणका लागि आ–आफ्नो क्षेत्रबाट हातेमालो गरी अघि बढ्न आह्वान समेत गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी