चैत्र २४ काठमाण्डौं । नेपाली काग्रेसको राजनीतिमा अब देउवा युग शुरु भएको छ । उनी कहिले पार्टी फुटाउदै हिडे पनि र सभापतिमा यस अघि पराजीत हुदै आए पनि २०७२ साल भने उनका लागि फाईदै फाईदाको बर्ष बनेको छ ।
उनले केही समय अघि सम्पन्न पार्टीको फागुणमा सम्पन्न १३ औं महाधिवेशनबाट दुई पटक भएको मतदानबाट भए पनि काग्रेस सभापति हात पार्न सफल भए ।
त्यस पछि चैत्र २४ , २०७२ मा भएको संसदीय दलको नेतामा पनि उनले पौडेललाई पाखा लगाएर नेतृत्व हात पारे ।
अब अहिलेको सरकार ढल्नासाथ शायद देउवाको हातमा फेरी प्रधानन्त्री बन्ने ढोका पुरै खुलेको छ ।
पौडेलले देउवालाई काग्रेसका ल्याएको भए पनि अब पौडेलले देउवा युगको शासन व्यहोर्नु पर्ने दिन लगभग नजिकिएको छ काग्रेस भित्र ।
अर्कोतिर कॉग्रेसका खातिर मरि मेटेर लागिरहेका रामचन्द्र पौडेलका लागि फेरी पनि पार्टी राजनीति पुर्पुरोमा हात सावित भएको छ ।
एकातिर उनी पार्टी सभापतिमा उठेका बेला देउवाबाट दुई पटक सम्म पराजीत भए ।
त्यस पछि फेरी हार्छु भन्ने जान्दा जान्दै फेरी संसदीय दलको नेतामा उठेर फेरी पराजय स्वीकार गरेका छन् ।
त्यस अघि संसदमा प्रधानमन्त्रीको निर्वाचन भएका बेला पौडेल १७ पटक सम्म उम्मेद्धारी दिए पनि प्रधानमन्त्री बन्न सकेनन् ।
२०७० साल यता भएका कुनै पनि राजनीतिक घटनाक्रमले पौडेललाई नफाबेको उनका समर्थकको भनाई छ ।
तर पौडेल काग्रेसका सच्चा ईमान्दार नेता भएको बताउनेको संख्या कम छैन ।
पौडेलको राजनीतिक यात्रा यस्तो छः
रामचन्द्र पौडेलको जन्म २००१ साल असोजमा तनहुँ जिल्लाको रिस्ती गाविसमा भएको थियो ।
त्रिविबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्रीसम्मको अध्ययन गर्नुभएका पौडेलका समसामयिक राजनीतिसम्बन्धी पुस्तक प्रकाशन भएका छन् । उहाँका ‘प्रजातान्त्रिक समाजवाद ः एक अध्ययन’ २०४६, ‘नेपाली काँग्रेस के भन्छ रु’ २०४८ र ‘नयाँ सन्दर्भमा समाजवाद’ २०५२ कृति लगायत समकालीन राजनीति र मानवअधिकारसँग सम्बद्ध विभिन्न लेख प्रकाशित छन् ।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वा्चित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरिएपछि १६ वर्षको उमेरदेखि पौडेल प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ राजनीतिमा प्रवेश गर्नुभएको हो ।
नेपाली काँग्रेसले २०१८ सालमा सञ्चालन गरेको सशस्त्र क्रान्तिमा पौडेल सहभागी हुनुभएको थियो । विसं २०१९ को स्वतन्त्र विद्यार्थी आन्दोलनमा अभियानकर्मीका रुपमा उहाँले भूमिका निर्वाह गर्नुभयो । विसं २०२३ मा सरस्वती कलेज विद्यार्थी युनियनको सभापति निर्वा्चित हुनुभएका पौडेलले सोही वर्ष संस्थापक सभापति भई गण्डकी विद्यार्थी समितिको स्थापनामा नेतृत्व लिनुभएको थियो ।
विसं २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगको निर्वा्चित महासचिव हुनुभएका पौडेलले २०२७ साल वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घको स्थापनामा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । नेपाली काँग्रेस तनहुँ जिल्ला कार्य समितिका सदस्य पदमा २०३४ सालमा निर्वा्चित हुनुभएका पौडेल २०३६ सालमा जिल्ला उपसभापति र जनमतसङ्ग्रहका समयमा सर्वदलीय प्रचार अभियानको अध्यक्ष भएर बहुदलका पक्षमा जनमत निर्माणमा योगदान पु¥याउनुयो । २०४० सालमा काँग्रेस केन्द्रीय प्रचार समितिको संयोजक र २०४४ सालमा केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नु भयो ।
पञ्चायत व्यवस्थाविरुद्ध ३० वर्ष सङ्घर्ष गरी २०४६ सालमा प्रजातन्त्र स्थापनापछि २०४८ सालको संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट संसद् सदस्यमा निर्वा्चित हुनुभएको थियो । संसदीय निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा स्थानीय विकासमन्त्रीको कार्यभार सम्हाल्नुभएका नेता पौडेलले २०४९ सालमा कृषि मन्त्रालयको थप जिम्मेवारी समेत लिनुभयो ।
विसं २०५१ को मध्यावधि निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट संसद् सदस्यमा निर्वा्चित भएपछि उहाँले पाँच वर्षसम्म सभामुखको भूमिका निर्वाह गर्नुभयो । विसं २०५६ को संसदीय निर्वाचनमा पुनः तनहुँ क्षेत्र नं २ बाट सांसद बन्नुभएका नेता पौडेलले २०५७ सालमा उपप्रधानमन्त्री, गृह एवम् सञ्चारमन्त्रीको पदभार ग्रहण गर्नु भएको थियो ।
विसं २०६२ मा काँग्रेसको महामन्त्री हुनुभएका नेता पौडेलले २०६३ सालमा पुनःस्थासपत संसद्को सदस्य भई शान्ति प्रक्रियाको मूलधारमा ल्याउन महत्वपूर्ण योगदान पु¥याउनाका साथै शान्ति सचिवालयको संयोजकको भूमिका निर्वाह गर्नु भयो ।
माओवादी समेत संलग्न भई २०६३ सालमा गठन भएको सरकारमा नवगठित शान्ति तथा पुनःनिर्माण मन्त्रालयको पहिलो नेतृत्व पनि नेता पौडेलले नै सम्हाल्नुभयो । विसं २०६४ मा काँग्रेस उपसभापति हुनुभएका नेता पौडेल २०६४ सालको संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाटै चौथो पटक सभासद्मा निर्वा्चित हुनु भयो ।
विसं २०६५ मा काँग्रेस संसदीय दलको नेतामा निर्वा्चित हुनुभएका पौडेल २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पनि तनहुँ २ नं क्षेत्रबाटै पाँचौँ पटक सभासद्मा निर्वा्चित हुनु भयो ।
राजतन्त्रविरुद्ध लड्ने क्रममा २०१९ देखि २०४६ सालसम्म पटक पटक गरी १३ वर्ष राजनीतिक बन्दीका रुपमा कारागार बस्नु भयो ।