ताप्लेजुङको उत्तरी नाका खोल्न केचना देखि ठिप्तला भञ्ज्याङसम्मको पद यात्रा

ताप्लेजुङको उत्तरी नाका खोल्न केचना देखि ठिप्तला भञ्ज्याङसम्मको पद यात्रा

  • बुधबार, चैत्र २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

चैत्र २५, ताप्लेजुङ / ताप्लेजुङको उत्तरी नाकाखुलाउनको लागिनेपालसरकारलाई दबाबदिने उद्धेश्यले झापाको केचनादेखि ताप्लेजुङको ठिप्तला भञ्ज्याङसम्मको पद यात्रा फुङलिङ बजारमाआएर आज समापन भएको छ ।
झापाको केचनादेखि चैत्र १२ गते शुरु भएको पद यात्राइलाम, पाँचथर, ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारहुँदै १२दिनसम्मको पद यात्रामाविभिन्नराजनीतिकदलकाप्रतिनिधी, सरोकारवालानिकाय, सञ्चारकर्मी र स्थानीयबासी सहितजम्मा ३३ जनाको टोलीसीमा स्तम्भ७९ भएको ओलाङचुङगोलाको ठिप्तला भञ्ज्याङ चीन र नेपालसिमानामा चैत्र १९ गते पुगीव्यानर र राष्टिय झण्डा फहराई फर्केको हो ।

सदरमुकाम फुङलिङ बजारबाट चैत्र १४ गते ठीप्तला भञ्ज्याङ प्रस्थान गरेको पद यात्रीको टोलीपाथीभरा, हाङदेवा, फुरुम्बु, लिंखिम, तापेथोक, लेलेप हुँदै ओलाङचुङगोलाको ठीप्तला भञ्ज्याङसम्मपुगेको हो ।

ताप्लेजुङ जिल्लाकाअभियानटोली संयोजक खगेन्द्र फेम्बु,मुख्यअभियन्ता कृष्ण केसी लगायत ३३ जनापद यात्रीलाई आजबिहानफुङलिङ बजारमाएक कार्यक्रमबीचजिल्लाविकास समितिको सभाहलमाअभिनन्दनगर्नुका साथै पद यात्राको समापन गरिएको छ ।

स्थानीयबासी र पद यात्रामा संलग्नविभिन्नव्यक्तिले कुनै हालतमा ठिप्तला भञ्ज्याङको नाकाखुलाउनु पर्ने औँल्याए ।

प्रमुखजिल्लाअधिकारी चक्रपाढिा पाण्डे र स्थानीयविकास अधिकारी केशब भट्टराईले नाकाखुलाउनको लागिनीतिगत रुपमापहलगर्नु आवश्यक रहेको र त्यसको लागि स्थानीय, सरोकारवालानिकायको दबाबआवश्यक रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी