तपाइले कहील्लै सुन्नु भएको छ हरेक पटक हुने फरक फरक कीसीमका अधीकार प्राप्तीका लागी भएको आन्दोलनमा कुनै एकजना नेताको आफ्न्त वा छोराछोरी र स्वयम कुनै एकजना नेताले ज्यान गुमायो ,अहँ पट्टक्कै सुन्नु भएको छैन यो कुरा अहीले मात्रै होइन धेरै पहीले देखी नै चल्दै आएको थीयो छ र यदी हामी अलीकती पनी सचेत नहुने हो भने यो प्रक्रीया चलीरहने छ ।
आन्दोलनका नाममा आतङ्क फैलाउने र सर्वसाधारण जन्तालाइ दुःख दीने काम ,मलाइ एउटा कुरा के अचम्म लाग्छ भने हामीले कहील्लै सकारात्मक सोच्न जानेनौ । कीनभने हामीले भन्ने गरको गौतम बुद्धको देशमा अशान्ती,आतङ्क फैलाउने काम धेरै भयो चाहे त्यो प्रजातान्त्रीक आन्दोलन होस या त गणतान्त्रीक, जहीले पनी केन्द्रमा जनतालाइ राखेर राजनीती गरीयो र जती दुःख पाँय बीचरा तीनै सोझा साझा जन्ताले पाय आन्दोलनमा ज्यान गुमाय सीर्फ तीनै गरीब जन्ताका छोराछोरीले अधीकारका नाममा कहील्लै पनी कहील्लै पनी नेपाली जन्ताहरुले शान्तीले नीदाउन पायनन, न त नेपालमा कहील्लै आन्दोलनको स्वरुप परीवर्तन गर्नुपर्छ भन्ने नै ज्ञान भयो ।
दुःख त यो कुरामा छ ,दैनीक ज्याला मजदुरी गरेर दैनिकी चलाइरहेको बीचरा त्यो मजदुरले पनी शान्तीले बाँच्न पायन अधीकार पाँउनु पर्छ कसैले भन्दीए उसलाइ उ पनी आन्दोलनमा हुमीयो तर उसले पाउने के ? आज तराइमा अल्पसँख्यक रुपमा जादै गरेको थारु समुदायले जुन किसिमबाट आन्दोलन गरेर कैलालि लगायत तराइका बि(भिन्न क्षेत्रमा देशका उच्च प्रहरि अधिकारि लगायत अन्य थुप्रै ब्यक्तिले साहदत प्राप्त गरे एकजना नाबालकले पनि गोलि खानुपर्यो ।
साथै बीचरा ती मधेशका कती सोझा जन्ताले सरकारी पक्षबाट भएको प्रतीकारको परीमाण स्वरुप सुरक्षाकमीर्को गोलीबाट ज्यान गुमाय कती घरबार बीहीन बन्न पुगे । बीचरा त्यो अबोध बालको बा आमा आन्दोलमा गएका हुन घर फर्केर आएका छैनन बालकलाइ आशा छ बा आमा फर्केर आउनुहुन्छ ।
उस्ले स्कुल नदेखेको पनी आज धेरै महीना बीत्यो, तर यो कुरामा सबै चुप छन दैनीक समचार आउछ वार्ता हुदैछ, छलफल हुदैछ, तर सार्थक वार्ता हुने कहीले ??? आखिर त्यो बच्चाको के दोष थीयो जबकी आन्दोलनकारी पक्ष वा राज्य पक्षबाट भविष्य नै बर्बाद हुने गरी पारीवारीक बीछोड खेप्नु पर्ने गरी यसको जवाफ को सँग छ , यो सब कीन कस्ले के का लागी के स्वार्थका लागी गर्छ कस्का लागि??
थारुहरुले थारुहरुको राज्य कैलालि देखि चितवनसम्म स्वायत्त थरुहट प्रदेशको माग गरियको छ यसैका लागि यो सब भयको भन्ने बुझाइ थीयो । मधेश आन्दोलनको स्वरुप हेर्दा यस्तो लाग्छ यो कुनै आतङ्क फैलाउने प्रयास हो र त्यो हुदैछ । यदि थारुहरु नै भुमिपुत्र हुन साथै तराइको आदिवासि थारु समुदाय नै हो भने यसैको संरक्षणका लागि यो आन्दोलन भयको छ र थारुहरुले थरुहट भयमा सब थोक प्राप्त गरेर अधिकारको शुनिश्चितता हुन्छ भन्ने के आधार छ??? यदि एउटाले अर्को नेतालाइ गालि गरेर आरोप प्रत्याआरोप लगाएर आफ्नो अधिकार प्राप्ति भय अधीकार पाइन्छ भन्ने के आधार छ ?? भाला लठ्ठी बोकेर सडकमा उत्रियर सवारि साधन तोडफोड विद्यालय कलकारखाना व्यवसाय बन्द गरायर अधिकारको प्राप्ति र देशलाइ कति फाइदा पुगेको छ आजसम्मको दिनमा बिगतदेखिको इतिहास हेर्ने हो भनेपनि हामीले केहि पाठ सिक्न जरुरि छ.।
भारतीय डीजायनमा यो आन्दोलनको सृजना गरीएको भन्ने कुरा पनी छलङ्ग भएको छ किनकि आन्दोलनमा मरे पचास लाख दिने कुरा उठायका थिय मधेशि नेताहरुले, एक बेला खुबै चर्चा भएको थीयो । तर आजको दीनलाइ हेर्ने हो भने मैले देखेको तीतो सत्य ,आज तराइमा पहाडियाको संख्या थारुको भन्दा बढि वा बराबरि छ । अनि यो समयमा थरुहट मधेशप्रदेशको बिरोधमा सदियौ देखि बस्दै आयका पहाडि समुदायलाइ जीस्काएको परीमाण कतै यस्तो नहोस की पहाडीयाहरु पनी यदि प्रतिकारमा उत्रियर कतै त्यो समय फेरी थारुको पहिचाहन र पायको पाउन लागेको अधिकार गुम्यो भने,किनकि निर्णायक र सडकमा पनि थारु मधेशि भन्दा अरु समुदायको बढि सहभागिता रहेको जस्तो देखिन्छ ।
अधिकारका लागि पहिचाहनका लागि हो भने हत्या, हीँसा ,ढुङ्गा, बीचरा ती गरीब जन्तालाइ उठाएर जन्ताको रगतमा ती शासक जस्लाइ हामी नेता मान्दछौ के उनीहरुको नैतीक जीम्मेवारी यही हो यदी नेताहरु बद्लीन सक्दैनन भने हामी नेपाली जन्ता को चेतनामा त थोरै परीवर्तन आउनु पर्छ अब हींसात्मक बाटो छोडेर शान्ती रोज्ने बेला आएको छ, अधिकार प्राप्तिका लागि बिकल्प खोजेर जाँउ हींसात्मक आन्दोलनको ।