जुनियर स्कुल प्रिन्सेसमा ८० प्रतियोगी छनौट 

 जुनियर स्कुल प्रिन्सेसमा ८० प्रतियोगी छनौट 

  • सोमवार, चैत्र २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

२० चैत्र काठमाडौं । वार्षिक परीक्षा पछि एक महिना फुर्सदमा  रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले पाँच वर्षदेखि निरन्तररुपमा आयोजना हुदै आएको ‘जुनियर स्कुल प्रिन्सेस’ प्रतियोगिताको आज भएको अडिसनमा १२० वाट ८० जना प्रतियोगीहरुलाइ छनौट गरीएको छ ।

प्रतियोगीताको अडिसनमा निर्णायक मण्डलमा मिस इकलेजकी विजेता निकिता कर्मचार्य,प्राचि अर्याल, मिस टिन कलेजकी विजेता आसियाना ,अधिकारी,वेनाजील राई, कोरीयो ग्राफर रोजीन शाक्य र सिजन मिडियाका प्रोग्राम म्यानेजर रेजीना तुलाधर रहनु भएको थियो ।

प्रतियोगीहरुको प्रशिक्षण २१ चैतबाट सुरु हुने आयोजक सँस्था सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी गराएका छन् । उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकाश सम्बन्धि विभिन्न प्रशिक्षण दिईने छ । बाल उपायोगी प्रशिक्षण सम्बन्धि विज्ञबाट गराईने पनि वन्तले जानकारी गराए ।

प्रतियोगीहरुलाई साँगा स्थित काठमाडौं फन भ्याली, भक्तपुर दरवारक्षेत्र, छाउनी सँग्रहालय, गोदावरी बनस्पति उद्यान, जाउलाखेल चिडियाखान वालगृह, नेपाली फिल्म राहदानी,नाटक,नारायणहिटि दरवार संग्राहालय लगायतको विभिन्न स्थानको भ्रमण गराईने छ ।

यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् । यो प्रतियोगिताको सम्पूर्ण प्रतियोगीको ड्रेस डिजाईन अफिसियल डिजाईनरको रुपमा फेशन सेन्टर भाटभटेनीले गर्दैछ ।
जुनियर स्कुल प्रिन्सेस–२०१६ को चयन भने २०७३ साल १० बैशाखमा प्रज्ञा भवन कमलादीमा भव्य समारोह माझ हुने छ ।

यो प्रतियोगितामा जुनियर स्कुल प्रिन्सेस–२०१६ की वितेजाले मिनि ल्यापटप, साईकल लगायतका विभिन्न उपहार प्राप्त गर्नेछिन् । यस्तो सह विजेता र उप विजेताले पनि विभिन्न उपहार पाउने छन् । प्रतियोगितामा विभिन्न उपाधि पनि रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी