भन्छन्
जुम्राको कुनै कसुर छैन
कपालमा जुम्रा परेपछि
कपालवालाको रगत पिउन पाउनु
जुम्राको
मौलिक अधिकार हो ।
जुम्रा पनि थरी थरीका हुन्छन्
कुनै ढाडे,
कुनै लिखा,
कुनै चम्कना
पारेर सत्यनाश
कपालवालालाई
टाउको कनाइ राख्ने बनाउँछन्
जुम्राहरू ।
जुम्राहरू
टाउकैमा प्रहार गर्छन्
गुणात्मक शैलीमा
ऋणात्मक बनाउँदै लैजान्छन्
कपालवालाको रातो रगत ।
बढो पिरलो हुन्छन्
जुम्रा
बढो अटेरी हुन्छन्
जुम्रा
मधेसमा
ट्याक्टरले खेत जोते सरि
टाउकाको छाला जोत्न
पछि पर्दैनन्
जुम्राहरू ।
जुम्राहरू
परजीवी हुन्छन्
कहिल्यै
अघि सर्दैनन् पौरख देखाउन
बरु
अधिकारको नारा लगाउँदै
लिएर चुच्चो थुतुनो
दौडाहामा निस्कन्छन्
कपालभर ।
जुम्राको सकस हटाउनु छ
जुम्राको आतङ्क हटाउनु छ
अलिक कपालवाला नै
फोहोरी हुँदा पर्ने हो जुम्रा
त्यसैले
बेला बेलामा नुहाऊ
आफू सधैँ सफा बस
कि कपाल खुइलाऊ
कि औषधी लगाऊ ।