चार वटा कर्मचारी संगठनद्धारा धर्ना शुरु (तस्वीर सहित)

चार वटा कर्मचारी संगठनद्धारा धर्ना शुरु (तस्वीर सहित)

  • सोमवार, चैत्र २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

चैत्र २२ काठमाण्डौं । सरकारले पटक पटक सीमित ट्रेड युनियनसग‘ मात्र परामर्श गरी ट्रेड युनियनको निर्वाचन तोकेको भन्दै चार वटा संगठनहरुले धर्ना शुरु गरेका छन् ।
बिहान १० बजेदेखि नै सबै कर्मचारीका प्रतिनिधिहरु सहित धर्ना शुरु गरिएको चार वटै संगठनका प्रवक्ता प्रवास शाहले जानकारी दिनु भयो ।

धर्ना स्थल सिंहदरबार भित्र ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । हिजो साझ उनीहरुले प्रमुख निर्वाचन अधिकृतको कार्यलयमा तालाबन्दी गरेका थिए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, मधेशी निजामति कर्मचारी मञ्च, राष्ट्रसेवक कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले सीमित टे«ड युनियनलाई मात्रै समेटेर बैशाख १० गतेलाई चुनाव सारेको भन्दै विरोध जनाएका हुन् ।

आफूहरुको माग पूरा नभए सम्म आन्दोलन जारी राख्ने ती संगठनले चेतावनी दिएका छन् ।
ट्रेड युनियन समावेशी चरित्रको हुनु पर्ने , २० प्रतिशत थ्रेसहोल्ड राख्न नहुने जस्ता माग ती संगठनहरुले राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ