महोत्तरी ,२१ चैत ।
एसएलसी परिक्षा अन्तरगत आज भएको गणित बिषयमा अनियमितता गर्ने ५८ जना परिक्षार्थि निश्कासनमा परेका छन् ।
प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवको नेतृत्वमा गएको अनुगमन टोलीले महोत्तरीका बिभिन्न परिक्षा केन्द्रबाट ५८ परिक्षार्थीलाई निश्कासन गरिएको हो ।
पिपरा केन्द्रबाट २३ जना ,रतौलि केन्द्रबाट १५ जना ,महोत्तरी केन्द्रबाट ११ जना र भमरापुर केन्द्रबाट ९ जना परिक्षर्थीलाई निश्कासन गरिएको छ ।
चिट चोर्दै गरेको अवस्थामा भेटिएका उनीहरुको आजको परिक्षा समेत रद्ध गरिएको छ ।
एसएलसि परिक्षा सुरु भएको तेस्रो दिनसम्म आईपुग्दा महोत्तरीका बिभिन्न ११ ओटा परिक्षा केन्द्रबाट एक सय ६१ परिक्षार्थी र दुई जना निरिक्षक निश्कासनमा परेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline