काठमाण्डौ ,२१ चैत ।
कालोबजारी र महङगीको बिरुद्ध विभिन्न बिद्यार्थी संगठनहरुले आज संयुक्त रुपमा देशभरका जिल्ला सदरमुकामहरुमा बिरोध प्रदर्शन गरेका छन् ।
जनजिविकाको सवालमा सरकार उदासिन बनेको भन्दै सरकारको ध्यानाकर्षण गराउन संयुत्त बिद्यार्थी संगठनले सदरमुकाम केन्द्रित बिरोध प्रदर्शन गरेका हुन् ।
सत्तारुढ ,प्रमुख प्रतिपक्षी लगायत सबै दलका बिद्यार्थी संगठनहरुले आज देशका ७२ ओटा जिल्ला सदरमुकाममा एकैसाथ प्रदर्शन गरेको नेविसंघका नेता युपि लामिछानेले बताउनु भयो ।
राजधानीको आर आर क्याम्पस अगाडि यसअघि नै बिरोध प्रदर्शन गरिसकेका बिद्यार्थी संगठनले आज पूर्व निर्धारित कार्यक्रम अन्तरगत नै बिरोध प्रदर्शन गरेका हुन् । बजारमा अहिले भईरहेको कालोबजारी नियन्त्रणमा सरकार उदासिन देखिएको तथा महङगीका कारण सर्वसाधारण जनता मारमा परेकाले सरकारको ध्यानाकर्षण गराउन भन्दै बिद्यार्थी संगठनहरुले एक सातादेखि आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् ।
निजी बिद्यालयहरुले मनपरि शुल्क असुलेको भन्दै त्यसलाई तत्काल रोक्न माग गर्दै भोली शिक्षामन्त्री गिरिराजमणी पोख्रेललाई भेटि ज्ञापनपत्र बुझाउने तयारि गरेका छन् ।