काठमाडौ ,१९ चैत्र ।
एसएलसी परिक्षको दोस्रो दिन आज महात्तरीबाट ९३ जना परिक्षार्थी निस्कासित भएका छन् ।
अनिवार्य नेपाली बिषयको आजको परिक्षामा मर्यादा बिपरीत कार्य गरेको भन्दै प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादबको नेतृत्व टोलीले महोत्तरीका बिभिन्न केन्द्रहरुबाट निश्स्कासन गरेको हो ।
जिल्लाको खखना केन्द्रबाट ३८ ,भनरा केन्द्रबाट ३५ र बखरिभाट केन्द्रबाट २० जना बिद्याथीलाई निस्कासन गरिएको हो ।
परिक्षामा चिट चोरेको भन्दै निस्कासन गरिएका ति बिद्यार्थीको आजको परिक्षा समेत रद्ध गरिएको छ ।
यसैबीच , एसएलसी परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली विषयको परीक्षा सम्पन्न भएको छ । यसअघि हिजो पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा भएको थियो ।
परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ जना परीक्षार्थी सहभागी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline