काठमाडौं १९ चैत्र ।
तीन सातादेखि बन्द रहेको म्यानपावर कम्पनीहरु आजदेखि खुलेका छन् । आन्दोलनरत् व्यवसायीलाई सरकारले औपचारिक वार्तामा बोलाएपछि काम सुचारु गरी वार्तामा बस्न लागेका हुन् ।
व्यावसायीका अनुसार कार्यालय खुले पनि पूर्वस्वीकृतिका काम भने गरिने छैन । सरकारको आग्रह बमोजिम वार्तामा बस्नुअघि वैदेशिक रोजगारीका आंशिक काम गर्न कार्यालय खोल्न लागिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकालले जानकारी दिनुभयो ।
आजदेखि अन्तिम स्वीकृतिका काम थाल्ने र सँगै वार्तामा बस्ने तयारी भएको उहाँले बताउनु भयो । व्यवसायीले विभिन्न माग राखी विगत तीन सातादेखि कार्यालयसमेत बन्द गरेर वैदेशिक रोजगारी कामकारबाही ठप्प पारेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline