काठमाण्डौ ,१८ चैत ।
सुदूरपश्चिमबाट एक हजार पाच सय ८७ जना विद्यार्थी यसबर्षको एसएलसी परिक्षा दिनबाट बञ्चित भएका छन्।
विद्यालयमा हाजिर नपुगेका र परीक्षा फाराम भरेर शुल्क नबुझाएका विद्यार्थीलाई अयोग्य ठहर गरिएको हो । परीक्षामा सहभागिताकालागि विद्यालय संचालन भएको दिनको करिब ७० प्रतिशत हाजिर भएको हुनुपर्ने व्यवस्था रहेको छ।
परीक्षा दिन अयोग्य ठहर्याइएको संख्या सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा रहेको छ । कैलालीमा हाजिर नपुगेका र शुल्क नबुझाएका ४ सय ९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित रहेका छन्।
यस्तै कञ्चनपुरमा २ सय ३८, बाजुरामा ८६, बझाङमा १ सय ८७, अछाममा १ सय ९०, डोटीमा १ सय १, दार्चुलामा १ सय ९, बैतडीमा २ सय ९ र डडेल्धुरामा ५८ जना विद्यार्थीलाई सम्बन्धित जिल्ला शिक्षा कार्यालयले अयोग्य ठहर गरेको क्षेत्रीय शिक्षा निर्देशनालयका परीक्षा शाखा अधिकृत पूर्णबहादुर शाहले बताउनु भयो ।