कालोबजारी र मंहगीको बिरुद्ध बिद्यार्थी संगठनले आन्दोलन गर्ने , स्ववीयु निर्वाचन गराउन माग

कालोबजारी र मंहगीको बिरुद्ध बिद्यार्थी संगठनले आन्दोलन गर्ने , स्ववीयु निर्वाचन गराउन माग

  • बिहिबार, चैत्र १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाण्डौ ,१८ चैत ।

संयुक्त बिद्याथी संगठनले कालोबजारी तथा महङगिको बिरुद्धमा देशभर बिरोध प्रदर्शन गर्ने भएको छ ।

अनेरास्ववियुको कार्यलय बागवजारमा आज बसेको बिद्यार्थी संगठनको बैठकले बजारमा देखिएको कालोबजारी तथा इन्धनमा देखिएको कृत्रिम अभावले जनताको दैनन्दिन समेत नराम्ररी प्रभावित भएको भन्दै भोलीदेखि आन्दोलन चर्काउने निर्णय गरेको हो ।

आन्दोलनका कार्यक्रम अन्तरगत भोली दिउसो उपत्यकामा आरआर क्याम्पस अगाडि सबै बिद्याथी संगठनले संयुत्त रुपमा बिरोध प्रर्शन गर्ने तथा २१ गते देशभरका जिल्ला सदरमुकाम प्रदर्शन गर्ने नेविसंघका नेता युपि लामिछानेले जानकारी दिनुभयो ।

यस्तै , झन्डै दशकदेखि हुन नसकेको स्ववियु निर्वाचन गराउन त्रिबि र सबै बिश्वबिद्यालयलाई अग्रह गर्ने ,आजबाट सुरु भएको एसएलसीलाई मर्यादित तथा ब्यवस्थीत बनाउन आग्रह गरिने उहाले जानकारी दिनुभयो ।

 

निजी शैक्षिक संस्थाहरुले असुल्ने गरेको मनपरि शुल्क बिरुद्ध शिक्षा मन्त्री गिरिराजमणी पोख्रेललाइ चैत २२ गते भेटि ध्यानाकर्षणपत्र बुझाउने पनि निर्णय गरिएको लामिछानेले बताउनु भयो । शिक्षामन्त्री पोख्रेलसँगको भेटमा बैशाख ६ गते बिद्याथीसंगठनसँग भएको दश बुदे सहमती लागू गर्न जोडदार माग गर्ने बिद्यार्थीसंगठनको तयारी छ ।

यसैगरी, भुकम्पपछिको पुनर निर्माणमा भईरहेको ढीलासुस्तीप्रति सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउने पनि बैठकले निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी